रुसी सेना खेरसनबाट पछि हट्नु युक्रेनको जित हो : नेटो प्रमुख

नेपालभ्युज

रुसी सेना खेरसनबाट पछि हट्नु युक्रेनको जित हो : नेटो प्रमुख

रोम । नेटो प्रमुख जेन्स स्टोल्टनबर्गले खेर्सनबाट रुसको फिर्ती कसरी हुन्छ भनेर हेर्नको लागि आफू आतुर रहेको र यदि त्यसो भएमा ‘युक्रेनको अर्को जित’ हुने बताएका छन् ।
‘हामीले आगामी दिनहरूमा राजनीतिक घटनाक्रमको विकास कसरी हुन्छ भनेर हेर्नु पर्छ किनकि रुस ठूलो दबाबमा छ । यदि तिनीहरूले खेरसन क्षेत्र छोडे भने, यो युक्रेनको अर्को जित हुनेछ,’ उनले बिहीबार रोममा एक कार्यक्रमा सो धारणा राखेका हुन् ।
युक्रेनले बिहीबार आफ्नो सेनाले दक्षिणी खेरसन क्षेत्रका एक दर्जन गाउँहरू पुन: दावी गरेको बताएको छ । यो दाबी रुसले आफ्ना सेनाहरूलाई उक्त शहरबाट फिर्ता हुन आदेश दिएको एक दिन पछि बाहिर आएको हो ।
‘हामीले देखेका छौं कि कसरी युक्रेनी सशस्त्र सेनाले रूसी सेनालाई पछाडि धकेल्न र आफ्नो क्षेत्र स्वतन्त्र गराउन सक्षम भएको छ,’ स्टोल्टेनबर्गले उल्लेख गरेका छन् । ‘यी सबै उपलब्धिहरू युक्रेनका साहसी सैनिकहरूको कारणले भएको हो’ उनले भने ।
‘एकै समयमा इटली लगायत नेटो सहयोगीहरूले प्रदान गरेको अभूतपूर्व समर्थनले युद्धको मैदानमा हरेक दिन फरक पारिरहेको छ र युक्रेनी प्रगतिको लागि महत्त्वपूर्ण छ’ गत महिनाको अन्त्यमा पदभार ग्रहण गरेका इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीसँगको पहिलो आमने-सामने वार्तापछि स्टोलटेनबर्गले यस्तो बताएका हुन्।
उनको सरकारी सहयोगीहरूमा मस्कोप्रति सहानुभूति राख्ने धेरै व्यक्तिहरू रहेको तर उनी आफैंले बारम्बार युक्रेन र रूस विरुद्ध प्रतिबन्धहरूको लागि समर्थनमा जोड दिएकी छिन्।
मेलोनीले भनिन्-उनका प्राथमिकताहरू मध्ये एक गठबन्धनलाई सुदृढ पार्न काम गर्नु थियो र यसलाई ‘सबै दिशाबाट आउने धम्कीहरूको जवाफ दिन अझ सक्षम बनाउन आवश्यक छ ।’
‘हाम्रो देशको सुरक्षा र समृद्धिका लागि गठबन्धन अपरिहार्य छ,’ उनले पत्रकारहरू माझ बताएकी छिन् । एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved