अस्थायी मतदाताका लागि १ सय ४१ वटा मतदान केन्द्र स्वीकृत (सूचीसहित)

नेपालभ्युज

अस्थायी मतदाताका लागि १ सय ४१ वटा मतदान केन्द्र स्वीकृत (सूचीसहित)
फाइल फोटो

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि एक सय ४१ वटा अस्थायी मतदान केन्द्र स्वीकृत गरेको छ ।

२०७२ सालको संविधानपछि अस्थायी मतदाताले मतदान गर्ने व्यवस्था पहिलो पटक कार्यान्वयनमा ल्याइएको हो ।

आयोगका अनुसार  मतदान केन्द्रमा खटिने कर्मचारी र सुरक्षाकर्मीलाई खटिएकै केन्द्रबाट मतदान गर्ने गरी व्यवस्था गरिएको छ । अस्थायी मतदाता हुनका लागि अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्ने कानुनी प्रावधान छ ।

एउटा जिल्लामा बढीमा आठ र घटिमा एक वटा अस्थायी मतदान केन्द्र स्वीकृत गरिएको आयोगले जनाएको छ  । चुनावमा खटिने कर्मचारी, सुरक्षाकर्मी, जेलमा बसेका कैदीबन्दीलगायत अस्थायी मतदाताको सूचीमा  रहेका छन्


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved