पारिश्रमिकका कारण रोकियो टाइगरसँगको करणको फिल्म

नेपालभ्युज

पारिश्रमिकका कारण रोकियो टाइगरसँगको करणको फिल्म

काठमाडौं। टाइगर श्राफकासँग मनमुटाव  हुँदा फिल्म बलिउड निर्माता तथा निर्देशक करण जोहरको फिल्म बलिउड निर्माता तथा निर्देशक करण जोहरको फिल्म ‘स्कू ढिला’को सुटिङ रोकिएको छ । करणले  फिल्म ‘स्कू ढिला’को  गत जुलाईमा घोषणा गरेका थिए । यो फिल्मको टिजर पनि सार्वजनिक भएको थियो ।

एक्सन फ्लेभरको फिल्म भनिए पनि टिजर सार्वजनिक भएपछि कुनै नयाँ अपडेट बाहिर आएन । अहिले यो फिल्मको निर्माण कार्य अनिश्चितकालका लागि रोकिएको खबर बाहिर आएको छ । समाचारअनुसार करण र टाइगरबीच पारिश्रमिकलाई लिएर सहमति जुट्न नसकेपछि फिल्मको काम रोकिएको हो ।

फिल्म ‘स्टुडेन्ट अफ द इयर २’ पछि करणले टाइगरसँग एक फुल फ्लेज एक्सन फिल्म गर्ने चाहना राखेका थिए र त्यसका लागि ‘स्क्रु ढिला’को घोषणा गरेका थिए ।

टाइगर यो फिल्मका लागि निकै उत्साहित थिए । त्यही कारण करणसँग पारिश्रमिकको विषयमा टाइगरले कुरा गरेका थिएनन् । तर, टाइगरको टिमको एक सदस्यबाट टाइगरले ३० करोड रुपैयाँ मागेको कुरा सुनेपछि करण चकित परेको बताइन्छ ।

करणले टाइगरको टिमलाई महामारी र मन्दीका कारण कोही पनि निर्माता कलाकारलाई यति पारिश्रमिक दिन नसक्ने भन्दै फकाउन खोजेका थिए । तर, पनि टाइगर आफ्नो अडानबाट पछि हटेनन् । अन्ततः करणले फिल्मको काम अनिश्चितकालका लागि रोक्ने निर्णय लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved