एलन मस्कले बेचे टेस्लाको ४ अर्ब डलरको शेयर

नेपालभ्युज

एलन मस्कले बेचे टेस्लाको ४ अर्ब डलरको शेयर

न्युयोर्क। दुई हप्ताअघि ४४ अर्ब डलरमा ट्वीटर खरिद गरेका संसारकै धनि व्यक्ति एलन मस्कले आफ्नो अर्को कम्पनी टेस्लाको शेयर भने बेचेका छन् । विद्युतीय गाडी  टेस्लाका मालिक एलन मस्कले कम्पनीको थप १ करोड ९५ लाख कित्ता सेयर बेचेका हुन्। मस्कले  ३ अर्ब ९५ करोड डलर बराबरको उक्त सेयर बेचेको बीबीसीले जनाएको छ ।

मस्कले यसैवर्ष ट्‍वीटर खरिद गर्ने घोषणा गरेसँगै हालसम्म टेस्लाको २० अर्ब डलर बराबरको सेयर बेचिसकेका छन्। गत अप्रिलमा मात्र टेस्लाको ८ अर्ब ५० करोड डलर बराबरको सेयर बेचेका थिए। यसैगरी अगस्टमा अर्को ७ अर्ब डलर बराबरको सेयर बेचेका थिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved