सरकारलाई आयोगको निर्देशन-सागर ढकाललाई चुनाव प्रचारमा रोक नलगाउनु

नेपालभ्युज

सरकारलाई आयोगको निर्देशन-सागर ढकाललाई चुनाव प्रचारमा रोक नलगाउनु
फाइल फोटो

काठमाडौं । डडेल्धुराबाट प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार सागर ढकाललाई प्रशासनले माइकिङ गरेर चुनाव प्रचार प्रसारमा रोक लगाएको घटनाप्रति निर्वाचन आयोगले ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगले मंगलबार गृह मन्त्रालयलाई पत्राचार गर्दै  कुनै पनि नागरिकले चुनावमा भाग लिएर प्रचार प्रसार गर्न पाउने अधिकार हनन् नगर्न भनेको हो ।

‘निर्वाचनमा उम्मेदवार भएका हरेक व्यक्तिलाई प्रतिस्पर्धाको समान अवसर प्राप्त हुन्छ भन्ने आम लोकतान्त्रिक विश्वासलाई कायम राख्नु आयोगको संवैधानिक जिम्मेवारी हो। आवधिक निर्वाचनमा सार्वभौम अधिकारको अभिव्यक्ति मताधिकारमार्फत हुने हुँदा सार्वभौम मतदाता र आफ्नो लागि सार्वभौमको मत र विश्वास माग गर्ने उम्मेदवार दुवै कानून बमोजिम निर्वाचन प्रचारप्रसार गर्न स्वतन्त्र रहन्छन्। सार्वभौम मतदाता र उम्मेदवार दुवैलाई कानूनबमोजिम निर्वाचन प्रक्रियामा निर्वाध सहभागी हुने अक्षुण अधिकार रहेको हुन्छ, यसलाई कुनै तवरबाट अवरोध गर्न गराउन हुँदैन।’ पत्रमा भनिएको छ ।

आयोगले गृह मन्त्रालयलाई ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्वाचन रुपमा प्रचार प्रसार गर्न पाउने अवस्थाको सुनिश्चितता गर्न भनेको छ।

‘सार्वभौम मतदाता र उम्मेदवार दुवैलाई कानूनबमोजिम निर्वाचन प्रक्रियामा निर्वाध सहभागी हुने अक्षुण अधिकार रहेको हुन्छ, यसलाई कुनै तवरबाट अवरोध गर्न गराउन हुँदैन,’  पत्रमा अगाडि भनिएको छ, ‘७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई नेपाल सरकार, गृह मन्त्रालयमार्फत निर्देशन दिन मिति २०७९।७।२२ मा निर्णय भएको व्यहोरा जानकारी एवं आवश्यक कार्यार्थ सादर अनुरोध गरिन्छ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved