विश्वकप हेर्न अतिरिक्त शुल्क लिने निर्णय कार्यान्वयन नगर्न सर्वाेच्चको आदेश

नेपालभ्युज

विश्वकप हेर्न अतिरिक्त शुल्क लिने निर्णय कार्यान्वयन नगर्न सर्वाेच्चको आदेश
फाइल फाेटाे

काठमाडौं । कतारमा हुने विश्वकप फुटबल हेर्न अतिरिक्त ५०० रुपैयाँ लिने मिडिया हबको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले अल्पकालीन आदेश जारी गरेको छ ।

मंगलबार  न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले विश्व कपका नाममा थप पाँच सय रुपैयाँ असुल्दा ग्राहकमाथि अपूरणीय क्षति हुनसक्ने भन्दै अतिरिक्त शुल्क लिने निर्णय यथास्थितिमा राख्न आदेश दिएको हो ।

अधिवक्ता किशोर पौडेल र अनुपम भट्टराईले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दे  राउतको इजलासले २७ कात्तिकमा छलफलका लागि बोलाएको छ ।

मङ्सिर ४ गतेदेखि सुरु हुने विश्व कप फुटबलको नेपालमा प्रत्यक्ष प्रसारणको अधिकार पाएको मिडिया हब कम्पनीले विश्वकप फुटबल हेर्नका लागि नेपाली प्रतिग्राहकबाट अतिरिक्त ५०० रूपैयाँ असूल्ने निर्णय गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved