चुनावअघि ‘जनता होसियार’ (भिडियोसहित)

त्रिवेणी संगीतालयको चुनावी गीत सार्वजनिक

नेपालभ्युज

चुनावअघि ‘जनता होसियार’ (भिडियोसहित)

काठमाडौं। पोखराको त्रिवेणी संगीतले जनता होसियार चुनावी गीत सार्वजनिक गरेको छ । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको पूर्वसन्ध्यामा जनतालाई सही प्रतिनिधिको छनोट गर्न आह्वान गर्दै उक्त गीत सार्वजनिक गरिएको हो ।

उक्त गीतमा नरेश पौडेल, किशोर सुनार, लक्ष्मी गिरी, राजन बराल, रेनु परियार, आशा लामिछाने, सुनिल बराल, रिचा सुवेदी, मिमोसा पोखरेल र सुशील गौतमले स्वर दिएका छन् ।

यस्तै, नवराज बरालको शब्द संगीत, एरेन्ज मिक्सिङ दिवस थापामगर, रेकर्ड जय चापागाईंले गरेका छन् भने उक्त गीत अनुश्रीया डिजिटल पोखरा स्टुडियोमा निर्माण गरिएको हो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved