कलाकार प्रकाश दुतराज भन्छन – केहि छिन हराउनु म मर्नु हैन नि !

नेपालभ्युज

कलाकार प्रकाश दुतराज भन्छन – केहि छिन हराउनु म मर्नु हैन नि !

काठमाडौं। गायक तथा कलाकार प्रकाश दुतराजले आफूले आत्महत्या गर्न खोजेको समाचारको खण्डन गरेका छन् । सांगितिक कार्यक्रमको क्रममा अष्ट्रेलिया पुगेका प्रकासले होटलमै आत्महत्या गर्न लागेको तर अर्को कोठामा रहेकी गायिका भूमिका गिरीले बचाएका खबर सार्वजनिक  भएका थिए । तर उनले फेसबुकमा स्टाटस लेखेर गलत बुझाई तथा सुचनाको आधारमा प्रकाशित समाचारहरुका कारण आफू र समर्थकले तनाव भोग्नुपरेको उल्लेख गरेका छन्। उनले लेखेका छन्-

कहिले काहि हराई दिन्छु , यसै यसै . .

कहिले हरियाली पाखा पखेरि , उकाली -ओराली चौतारी अनि देउरालीहरु सँगै . .

कहि उजाड बगर , मरुभूमिहरु सँगै बालुवा झैं उडिदिन्छु . .

कहिले समुन्द्रका छालहरुले अँगाल्दै गहिराईमा पुर्याई डुबाई दिन्छन् . .

कहिले अध्यारो बन्द कोठा भित्र घण्टौ सम्म आफैलाई थुनिदिन्छु . .

हजारौं कोशिश गर्दा पनि यो स्वभाव फेरिन सकेको छैन ।

यसलाई रोग भनु या मेरो विशेषता ।

यहि कारण पनि म आफुले आफैलाई दुखि बनाउँछु ।

धेरै समाचारहरु हेरे, पढे अलिक अप्ठ्यारो असजिलो महसूस गरे ।

“म केहि छिन हराउँनु म मर्नु हैन नि !

बोली मधुरो पार्दै आमाले फोन गर्नु भएको थियो , सानो दुखले जन्माएको हुर्काएको होईनौ नि तिमीहरुलाई . .

माया गर्नेहरु को आशुले सराप्छ ।

कसरी मार्न सक्थे र यो शरीरलाई ।

गलत बुझाई तथा सुचना को आधारमा प्रकाशित समाचारहरुले मलाई माया गर्नु हुने सदा आशीर्वाद दिनुहुने हजुरहरु सबै सबैमा पर्न गएको असर प्रति क्षमा माग्दछु ।

संधै संधै तपाईहरुकै मन भित्र बसिरहन खोज्ने तपाईहरुकै प्रिय कलाकार ,

प्रकाश दुतराज ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved