दलहरूले आफैँले हस्ताक्षर गरेर सहमति जनाएको आचारसंहिता उल्लंघन गरे : निर्वाचन आयुक्त भण्डारी

नेपालभ्युज

दलहरूले आफैँले हस्ताक्षर गरेर सहमति जनाएको आचारसंहिता उल्लंघन गरे : निर्वाचन आयुक्त भण्डारी

काठमाडौं। निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गराई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनका लागि सम्पूर्ण तागत लगाएको स्पष्ट पारेको छ ।

पूर्व प्रमुख निर्वाचन आयुक्तहरूसँगको छलफलका क्रममा निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनको कडीको रूपमा रहेको आचारसंहिता पालना गराउने सवालमा आयोगले सम्पूर्ण ध्यान केन्द्रित गरेको स्पष्ट पारेका हुन् ।

पूर्वप्रमुख निर्वाचन आयुक्तहरूले विगतका निर्वाचनमा आचारसंहीता उल्लंघन भएको, धाँधली भएको, मतपेटिका हराएको लगायत घटनाहरूको दृष्टान्त दिँदै त्यसतर्फ सचेत हुन आयोगको ध्यानाकर्षण गराएपछि निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिका संयोजकसमेत रहेका आयुक्त भण्डारीले आचारसंहीता पालना गराउने सवालमा आयोगले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका हुन् ।

उनले राजनैतिक दल र सरोकारवालाहरूसँगको परामर्शका आधारमा आयोगले आचारसंहीता बनाएकाले पालना गरेर सबैले इमान्दारिता देखाउनुपर्नेमा पनि जोड दिए । आचारसंहिता राजनीतिक दल, सरोकारवाला निकाय र आयोगको साझा सहमतिको दस्तावेज भएको र त्यसमा राजनैतिक दलले हस्ताक्षर गरेर पालना गर्ने प्रतिबद्धता जनाएकाले प्रतिबद्धताप्रति दलहरू पनि जिम्मेवार हुनुपर्ने तर्क उनले गरे ।

उनले निर्वाचन व्यवस्थापनको विषय कठिन भए पनि आफूहरूले चुनौती नभई अवसरको रूपमा लिएको उल्लेख गर्दै आचारसंहिता लागू गर्ने कुरामा आयोग सधैँ निष्पक्ष र निष्ठापूर्वक उभिने स्पष्ट पारे ।

निर्वाचन आचारसंहीता केन्द्रिय अनुगमन समितिका संयोजकसमेत रहेका आयुक्त भण्डारीले स्वतन्त्र, निष्पक्ष, भयरहीत र सर्वस्वीकार्य निर्वाचन गराउने सवालमा आयोग कटिबद्ध रहेको र सोहीअनुसार आफ्ना काम कारवाही अघि बढाएको पनि स्पष्ट पारे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved