रणवीर र आलियालाई पुत्रीलाभ

नेपालभ्युज

रणवीर र आलियालाई पुत्रीलाभ

काठमाडौं। आलिया भट्ट र रणवीर कपुरले पुत्रीलाभ गरेका छन् । एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा आलियाले छोरीलाई जन्म दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

गत वैशाखमा विवाह बन्धनमा बाँधिएका आलिया र रणवीरले पहिलो सन्तानलाई स्वागत गरेपछि चौतर्फी बधाई मिलिरहेको छ ।

आलिया आज (आइतबार) बिहानै डेलिभरीका लागि अस्पताल भर्ना भएकी थिइन् । आलियाका बुवा निर्देशक महेश भट्टले आफू हजुरबुबा बनेपछि नयाँ सूर्योदय भएको टिप्पणी गरेका छन् ।

विवाहको केही महिनामै आलिया र रणवीरले आफूहरूले सन्तानलाई स्वागत गर्न लागिरहेको घोषणा गरेका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved