विद्यालयमा इन्टरनेट सचेतना कार्यक्रम सञ्चालन गर्न वर्ल्डलिङ्कको सहयोग

नेपालभ्युज

विद्यालयमा इन्टरनेट सचेतना कार्यक्रम सञ्चालन गर्न वर्ल्डलिङ्कको सहयोग

काठमाडौं। इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडको सहयोगमा इन्टरनेट सचेतना कार्यक्रम आयोजना हुँदै छ। देशकै ठूलो इन्टरनेट सेवाप्रदायकले पुल्चोक क्याम्पस -इन्जिनियरिङ अध्ययन संस्थान_को इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स, र कम्प्युटर इन्जिनियरिङ विभागका छाता संगठन, लोकसद्वारा स्नातक विद्यार्थीहरूको नेतृत्वमा देशका सातै प्रदेशका ५० विद्यालयमा यस्तो कार्यक्रम आयोजना गर्न लागेको छ।

कात्तिक २० देखि २६ गतेसम्म सञ्चालन हुने यो सचेतना कार्यक्रममा कक्षा ८ देखि १० मा अध्ययनरत १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थी लक्षित हुनेछन्। यस सचेतना अभियानका क्रममा बालबालिकालाई इन्टरनेटको सुरक्षित प्रयोग, साइबर बुलिङ, फिसिङ, अनलाइनमा सुरक्षित रहने तरिका, लगायतका विषयमा ज्ञान दिइनेछ। साथै, आवश्यक स्रोत साधनको सरलीकरण र व्यवस्था गरी यस अभियानमा सम्बन्धित क्षेत्रमा रहेका वर्ल्डलिंकको शाखाले सहजीकरण गरेका छन् ।

देशको प्रमुख इन्टरनेट सेवाप्रदायकको हैसियतले बालबालिकाको अनलाइन सुरक्षालाई प्राथमिकतामा राखिएको वर्ल्डलिंकका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले बताएका छन् ।‘‘वर्ल्डलिंक इन्टरनेट एकेडेमी’ अन्तर्गत यस सचेतना अभियानलाई प्रायोजन गरेको हो जसमा आगामी दिनहरूमा डिजिटल साक्षरताका कुराहरुसंगै इन्टरनेटका महत्त्वपूर्ण विषयवस्तुहरू पनि समावेश गरिने छ।

यस कार्यक्रमलाई साथ दिँदै चाइल्ड सेफ नेट नामक संस्थाले आवश्यक सचेतनामूलक सामग्री तयार पार्न सहयोग गरेको छ। साथै, लोकसको तर्फबाट कुल ५० जना कार्यक्रमका लागि परिचालित भई हरेक विद्यालयमा दुई घण्टाको सचेतना कार्यक्रम सञ्चालन गरिने लोकसका इभेन्ट म्यानेजर विपिन खनालले बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved