तिम्रो मेरो साथको टिकटक प्रतियोगिता

नेपालभ्युज

तिम्रो मेरो साथको टिकटक प्रतियोगिता

काठमाडौं। आगामी पुस २९ गते रिलिज हुने साम्राज्ञी शाह तथा पुष्प खड्का स्टारर फिल्म ‘तिम्रो मेरो साथ’ को गीतमा टिकटक भिडियो प्रतियोगिता हुने भएको छ । यसका लागि फिल्मी टिमले टिकटक भिडियो प्रतियोगिताका लागि आह्वान गरेको छ । निर्माता रमेश एमके पौडेलको डेब्यु फिल्मले तिहारमा रिलिज गरेको ‘रुमालै बाटेर टाई बनाम’ बोलको गीतमा टिकटक भिडियो प्रतियोगिता घोषणा गरेको हो ।

फिल्मको यो गीतले युट्युबमा रिलिज भएको ७ दिनमा १.१ मिलियन भ्युज पार गरेको थियो । यस प्रतियोगितामा भाग लिन चाहने इच्छुकले गीतको बोलमा तीन वटा हयास ट्याग प्रयोग गरेर भिडियो बनाउनुपर्नेछ । सहभागीले ह्यास रुमालै बाटेर, ह्यास तिम्रो मेरो साथ,ह्यास रमेश एमके पौडेल ह्यासट्याग प्रयोग गर्नुपर्नेछ ।

सहभागीहरूले यी ह्यासट्यागको प्रयोग गरेर भिडियोलाई आफ्नै एकाउन्टमा अपलोड गर्नुपर्नेछ । यसको अन्तिम नतिजा पुस २६ गते घोषणा गरिनेछ । यो प्रतियोगिता फिल्मका अन्य गीतमा पनि ती गीत रिलिज भएसँगै क्रमशः लागू हुनेछ । फिल्ममा कुल ३ वटा गीत रहेका छन् ।

’रूमालै बाटेर टाई बनाम’ बोलको गीत सुभाष भुसालको संगीतमा तयार भएको हो भने शब्द वि पाण्डेले लेखेका हुन् । यस्तै गीतमा मेलिना राई र जगदिश समालको स्वर रहेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved