पूजाकोठामा महजोडीको फोटो पनि राख्छु : प्रदीप भट्टराई

नेपालभ्युज

काठमाडौं। निर्देशक प्रदीप भट्टराईको पछिल्लो सहकार्य फिल्म ‘महापुरुष’ अहिले हलमा चलिरहेको छ । ‘महापुरुष हिट भएपछि  निर्देशक भट्टराईले त काठमाडौंमा आफूले घर बनाउन लागेको र त्यहाँ हुने पूजाकोठामा भगवानसँगै महजोडीको फोटो राख्ने बताएर त्यो सम्बन्ध कति हार्दिक छ भन्ने कुराको पुष्टि गरेका छन् ।

उनले भनेका छन्- ‘मेरो आफ्नो नाममा बस्ने घर छैन । छिट्टै म बनाउँछु । त्यो घरमा एउटा पूजाकोठा हुन्छ र भगवानसँगै महजोडीको पनि फोटो हुन्छ । त्यो स्थानमा हुनुहुन्छ दाइहरु मेरो लागि ।’

उनी अघि भन्छन्, ‘साँच्चिकै उहाँहरुले मेरो लागि जति गर्नुभएको छ । अरु कसैले पनि गरेको छैन । सिकाउने र कर्म दिने कामहरु पनि गर्नुभएको छ उहाँहरुले ।’

उक्त कुराकानीमा हरिवंशले प्रदीपसँग अर्को नयाँ फिल्ममा सहकार्य गर्न लागेकोतर्फ संकेत गरे । हरिवंश अहिले फिल्मको सिलसिलामा अमेरिकामा पुगेका छन् भने प्रदीप मोफसल भ्रमणमा छन्।

महापुरुष शुक्रबारदेखि दोस्रो सातामा प्रवेश गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved