‘कमेडी च्याम्पियन’ टिम र ओएसआर डिजिटलले फिल्म बनाउँदै

नेपालभ्युज

‘कमेडी च्याम्पियन’ टिम र ओएसआर डिजिटलले फिल्म बनाउँदै

काठमाडौं। स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ टिमले फिल्म निर्माण गर्ने भएको छ । विशाल भण्डारीको निर्देशनमा बन्ने फिल्मको निर्मातामा ओम प्रकाश अग्रवाल रहनेछन् ।

यम थापाको कथामा फिल्म बन्ने भएको हो । बिहीबार निर्देशक भण्डारी, निर्माता अग्रवाल र लेखक थापाबीच सम्झौता भएको छ । थ्रि प्रोडक्सन र ओएसआर डिजिटलको प्रस्तुतिमा बन्ने फिल्मका लागि कलाकारहरू भने तय गरिएको छैन ।

फिल्मको नामका विषयमा पनि छलफल भइरहेको छ । छिट्टै फ्लोरमा निस्कने निर्माण टिमको तयारी छ ।

चलचित्रको सम्पूर्ण टिम र कलाकारको केही दिनमा अफिसियल घोषणा गरिने निर्माता अग्रवालले जानकारी दिए। चलचित्र आगामी दशैंमा प्रदर्शन गर्ने निर्माण टिमको योजना रहेको निर्देशक भण्डारीले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved