हलहरूमा ‘लाखे’सँगै ‘फोनभूत’ र ‘रामसेतु’

नेपालभ्युज

हलहरूमा ‘लाखे’सँगै ‘फोनभूत’ र ‘रामसेतु’

काठमाडौं। फ्राइडे रिलिज अन्तर्गत आज एक नेपालीसहित दुई बलिउड फिल्म प्रदर्शनमा आएका छन् । आजदेखि नेपाली चलचित्र ‘लाखे’, बलिउड फिल्म ‘फोन भूत’ र ‘राम सेतु’ एकसाथ प्रदर्शनमा आएका हुन् ।  आजैबाट रिलिज हुने भनिएको फिल्म ‘मिलन’ले केही साताका लागि रिलिज मिति सारेपछि ‘लाखे’ ले नेपाली फिल्ममा सिंगल प्रदर्शनको अवसर पाएको हो ।

सम्राट बस्नेतको निर्देशन रहेको ‘लाखे’ सौगात मल्ल, अनुप बिक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी, सुशील सिटौला, प्रशान्त ताम्राकार, वर्षा राउत, रोहित रुम्बा, संजोग राणा,  रक्षा बुढाथोकी, कालु राना, सुगन तण्डुकार, बाल कलाकार सिस्टम भण्डारी लगायतको अभिनय रहेको फिल्म हो ।

फिल्ममा सुजन प्रजापतिको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, सम्राट बस्नेतको द्वन्द्व निर्देशन, अर्जुन जिसीको सम्पादन, आकाश बरालको पटकथा, अनुप न्यौपाने र आकाश बरालको संवाद लेखन रहेको छ । एक्सन, सस्पेन्स, थ्रिलर जनरामा निर्माण भएको फिल्म डिपी भण्डारीले निर्माण गरेका हुन् ।

बलिउड फिल्म ‘राम सेतु’ मा अक्षय कुमारको मुख्य भूमिका रहेको छ । राम सेतुमा अक्षयसँगै ज्याक्लिन फर्नान्डिज र नुशरत भरुचाको अभिनय रहेको छ । अभिषेक शर्माको निर्देशनमा बनेको यस फिल्मलाई चन्द्रप्रकाश द्विवेदीले निर्माण गरेका हुन्।

यसैगरी,  अर्को बलिउड फिल्म ‘फोन भूत’ कमेडी हरर जनरामा आधारित चलचित्र हो । गुरमित सिंह निर्देशित यस फिल्ममा कट्रिना कैफ, सिद्धान्त चतुर्वेदी र इशान खट्टर, ज्याकी श्राफ, निधि विष्ट, केदार शन्कार, मनुज शर्मालगायत कलाकारको अभिनय छ । फिल्मको कथा रवि शङ्कर र जस्भिन्दर सिंहले लेखेका हुन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved