भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ

नेपालभ्युज

भारतबाट बढेर आयो  पेट्रोलियम पदार्थको भाउ

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको भाउ बढेर आएको छ । भारतीय आयल कर्पोरेशनले पेट्रोलियम पदार्थको भाउ बढाएर पठाएको बिहिबार नेपाल आयल निगमले विज्ञप्तिमार्फत् जनाएको छ ।

डिजल र हवाई इन्धनको मूल्य धेरै बढेको निगमले जनाएको छ । नयाँ मूल्यसूचीअुनसार पेट्रोलमा प्रतिलिटिर ६१ पैसा, डिजलमा प्रतिलिटिर ५ रुपैयाँ ७६ पैसा, मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ ०१ पैसा र हवाई इन्धनमा प्रतिलिटर ४ रुपैयाँ ७७ पैसा  र एलपी ग्यासको मूल्य भने केही घटेर आएको निगमले विज्ञप्तिमा जनाएको छ ।

निगमका अनुसार  १५ दिनमा डिजलमा प्रतिलिटर १२ रुपैयाँ १४ पैसा र खाना पकाउने ग्यासमा २ सय २८ रुपैयाँ ८४ पैसा प्रतिसिलिन्डर घाटा रहेको छ । पेट्रोल, हवाई इन्धन र मट्टीतेलमा भने केही नाफा रहेको छ ।

नेपाली बजारमा हाललाई  पेट्रोलियम पदार्थको साविकको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निगमले निर्णय गरेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved