माओवादीको चुनावी र्‍याप गीत– ‘भोट फर प्रचण्ड, भोट फर माओवादी’ (भिडिओसहित)

नेकपा माओवादी केन्द्रले चुनावी प्रचारका लागि र्‍याप शैलीको चुनावी गीत बजारमा ल्याएको छ। ‘भोट फर माओवादी, भोट फर प्रचण्ड’ बोलको र्‍याप गीत आज युट्युबमार्फत सार्वजनिक भएको हो।

नेपालभ्युज

माओवादीको चुनावी र्‍याप गीत– ‘भोट फर प्रचण्ड, भोट फर माओवादी’ (भिडिओसहित)

काठमाडौं। नेकपा माओवादी केन्द्रले चुनावी प्रचारका लागि र्‍याप शैलीको चुनावी गीत बजारमा ल्याएको छ। ‘भोट फर माओवादी, भोट फर प्रचण्ड’ बोलको र्‍याप गीत आज युट्युबमार्फत सार्वजनिक भएको हो।

युवापुस्तालाई आकर्षित गर्न चुनावी प्रचारको नयाँ शैलीस्वरूप सम्भवतः पहिलो पटक माओवादीले र्‍याप गीत सार्वजनिक गरेको हो। यसअघिको स्थानीय तह चुनावमा एमालेले र्‍याप शैलीको गीत सार्वजनिक गरेको थियो।

१० वर्षे जनयुद्धका उपलब्धि र व्यवस्था बदलिए पनि अवस्था नबदलिएको भन्दै समाजवादमा पुग्न प्रचण्डले प्रयास गरिरहेको माओवादीको गीतमा उल्लेख छ।

सामाजिक सञ्जालको माओवादीको आधिकारिक पेजबाट रिलिज गरिएको यो गीतलाई ‘नयाँ शैली, नयाँ प्रस्तुति – नेकपा माओवादी केन्द्रको र्‍याप गीत’ भनेर प्रचारप्रसार गरिएको छ ।

माओवादी र प्रचण्डलाई जिताउन हँसिया हतौडालाई किन भोट हाल्ने भनेर आधार प्रस्तुत गरिएको र्‍याप गीतमा जगत तिरुवाको सङ्गीत तथा स्वर छ। गीतलाई केशव बडुले एरेन्ज गरेका छन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved