पल शाहको आज हुने भनिएको मुद्दाको सुनुवाइ स्थगित

नेपालभ्युज

पल शाहको आज हुने भनिएको मुद्दाको सुनुवाइ स्थगित

काठमाडौं। अभिनेता पल शाहको आज (बुधबार) हुने भनिएको मुद्दाको सुनुवाइ स्थगित भएको छ । तनहुँ जिल्ला अदालतका उनका कानुन व्यवसायी कमलामोहन वाग्लेका अनुसार न्यायाधीशहर” निर्वाचनमा खटिनुपर्ने भएकाले सरकारी वकिलको कार्यालयले तोकिएको पेशीलाई सूचीबाट हटाइदिएको हो । अबको सुनुवाइ निर्वाचनलाई लक्षित गर्दै मंसिर १० गतेपछि मात्र तय हुनसक्ने अधिवक्ता वाग्लेले बताए ।

यसैबीच, नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन दिने तयारी भइरहेको र त्यसको ड्राफ्ट पलले अध्ययन गरिरहेको उनले बताए ।‘अहिले पलजीले नै पुनरावेदनको ड्राफ्ट अध्ययन गरिरहनुभएको छ । उहाँबाट जवाफ आएपछि केही दिनमै उच्च अदालत पोखरामा पुनरावेदन दिनेछौं,’ उनले भने ।

नवलपुर जिल्ला अदालतले गत भदौ २१ गते यौन दुरुपयोग गरेको मुद्दामा दोषी ठहर गर्दै दुई वर्ष ६ महिना कैद सुनाएको थियो । साथै, पीडितलाई १० लाख क्षतिपूर्ति दिनुपर्ने र २५ हजार रुपैयाँ जरिवाना अदालतले तोकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved