आलेख

एलन मस्कको मालिकत्वले ट्विटरमा कस्तो भिन्नता आउला?

एलन मस्क एक्काइशौं शताब्दिको प्रविधिआधारित पुँजीवादी पराकाष्ठाका प्रतिनिधि अनुहार हुन्। उनले बढो तीव्र गतिमा बिघटन भइरहेको राज्ययन्त्रको नियमक क्षमताबाट उत्पन्न भएको अवसरलाई आफ्नो पक्षमा दोहन गरेका छन्। उनले लगानीकर्ता, पैरवीकर्ता, वकिल र प्रसंशकहरुको एक फौज नै खडा गर्दिएका छन्।

एलन मस्कको मालिकत्वले ट्विटरमा कस्तो भिन्नता आउला?

एलन मस्क ट्विटरका  गौरवशाली मालिक भइसके । यसको मुख्य जोखिम यो हैन कि एक सर्वथा अप्रसन्न र चिडचिडाहटपूर्ण स्वभावका अर्बपतिको हातमा निर्णयाधिकार गयो । यस्तो त हिजो पनि भएको थियो र भोलि पनि हुँदै गर्नेछ । जोखिमको कुरा यो हो कि त्यस्ता व्यक्तिको हातमा त्यस्तो चिजको पूर्ण नियन्त्रण गयो जसलाई ‘डिजिटल–चौतारी’ को संज्ञा दिन उचित हुन्छ।

एलन मस्क २१औं शताब्दिको प्रविधि आधारित पुँजीवादी पराकाष्ठाका प्रतिनिधि अनुहार हुन्। उनले बढो तीव्र गतिमा विघटन भइरहेको राज्ययन्त्रको नियमक क्षमताबाट उत्पन्न भएको अवसरलाई आफ्नो पक्षमा दोहन गरेका छन्। उनले लगानीकर्ता, पैरवीकर्ता, वकिल र प्रसंशकहरूको एक फौज नै खडा गर्दिएका छन्।

उनले आफूले आफैलाई प्रविधि जगतको एक यस्तो बुज्रुकको रुपमा स्थापित गरेका छन, जो आफै नियम तोड्छन्, नियमलाई अवसरवादी उपयोग गर्दछन्, आफ्नो पक्षमा काम गर्नेहरुबाट पाई–पाई असुल गर्छन् र विरोध गर्नेहरुलाई मजाक बनाएर उडाउँछन्।

मस्क आफ्नो अकुत सम्पतिको मनमौजी उपयोग गर्दछन्। आफ्नो राजशाही खर्चलाई मानवताका लागि हितकारी करार गर्दछन्। उनी यो दाबी गर्छन् कि उनी हाम्रा संकटमोचक हुन् । उनले आफ्नो विद्युतीय कार उत्पादनको माध्यमले त्यसो गरेको दाबी गरे । उनी आफ्नो सेटलाइट प्रणालीबाट युक्रेनलाई बचाउन सक्ने दाबासमेत गर्छन्।

यी सबै राम्रा काम उनले गर्न सक्नेछन तर सरकारले हस्तक्षेप गर्न भने भएन । उनी राज्ययन्त्रको नियमक शक्तिभन्दा बाहिर र मुक्त हुन चाहन्छन्। हुनत यो कुनै नयाँ कुरा हैन। पहिलोपटक कुनै अर्बपतिले यस्तो दाबी गर्दै छैन। बितेका दुई शताब्दिमा अमेरिकीको जीवनलाई एलन मस्क जस्ताले नै सञ्चालन गरिरहेका छन्।

औधोगिक युगका धनाढ्यको तुलनामा एलन मस्क अझ धेरै शक्तिशाली र खतरनाक छन् किनकि, उनीसँग मात्र एक ट्विटले व्यवसाय बढाउने र राजनीतिक मनसायलाई अनुकूल गर्ने क्षमता छ । मिम स्टक, डे ट्रेडिङ, सञ्जालीय संवाद, भ्रामक सूचना र गलत जानकारीको दौडमा एलन मस्क मिडिया बजारको बडो राम्रो समझ राख्छन्।

यस्ता पुँजीपतिले हाम्रो अर्थतन्त्र र दैनिक जीवनलाई यसरी बद्लिदिएका छन कि त्यसले उनीहरुको थैली सजिलो गरी भरिएको छ। सरकार र यस्ता पुँजीपतिबीच घनिष्ठ सम्बन्ध हुन्छ । यिनीहरुलाई नै राज्यको तर्फबाट भारिभरकम अनुदान र सुरक्षा चाहिन्छ। साथै, उनीहरू यस्तो माग गर्न कहिल्यै छोड्दैनन् कि उनीहरूलाई आफ्नै तरिकाले व्यवसाय गर्ने छुट दिइयोस् ।

एलन मस्कले आफ्नो आर्थिक साम्राज्य टेस्लालाई प्राप्त भएको अबौं डलरको सरकारी अनुदानबाट खडा गरेका हुन भन्ने दुनियाँलाई थाहा छ। साथै, नासा अनुबन्धबाट पनि उनले अर्बौं कमाए । अमेरिकी एस्ट्रोनाइट्स स्पेशमा पठाउन, सेटलाइट लन्च गर्न र हाइस्पिड इन्टरनेट सेवा उपलब्ध गराउन ती अनुबन्ध भएका थिए ।

औधोगिक युगका धनाढ्यको तुलनामा एलन मस्क अझ धेरै शक्तिशाली र खतरनाक छन् । किनकि, उनीसँग मात्र एक ट्विटले व्यवसाय बढाउने र राजनीतिक मनसायलाई अनुकूल गर्ने क्षमता छ । मीम स्टक, डे ट्रेडिङ, सञ्जालीय संवाद, भ्रामक सूचना र गलत जानकारीको दौडमा एलन मस्क मिडिया बजारको बडो राम्रो समझ राख्छन्।

हिजोका उद्योगपतिहरु आफ्नो कम्पनीलाई सकेसम्म प्राइवेट राख्दथे किनकी बाहिरी लगानकीकर्ताको प्रभाव र बजार स्थितिको सामना गर्नु नपरोस् । मस्कले यसको ठीक उल्टो गरेका छन्। उसको सम्पति उनले स्थापना गरेका कम्पनी र तिनले उत्पादन गरेका वस्तुको बिक्रीबाट जोडिएको हैन । नत उनी द्वारा सञ्चालिन रियल स्टेटबाट नै यो सम्भव भएको हो । उनको सम्पत्तिको आधार टेस्ला, स्पेसएक्स, क्रिप्टोकरेन्सी कम्पनी र ट्विटरको उनको स्वामित्वको सेयरबाट प्राप्त हुने अर्बौं डलर हो ।

एलन मस्क त्यो विचारलाई अघि बढाउँदैछन कि अब लगानीको साधारण नियम र तरिकाले सफलता पाउन सक्दैन । नियमक संयन्त्रलाई उनी पौरख विरोधी शत्रु ठान्छन्। नियमक निकायका अधिकारीविरुद्ध उनी अमर्यादित शब्द प्रयोग गर्छन् ।

सन् २०१८ को अगस्टमा उनले टेस्लाको सेयरबारे एक ट्विट गरेका थिए, त्यसपछि धितोपत्र तथा विनिमय आयोगले यो आरोप लगाएको थियो कि मस्कको त्यो भ्रामक ट्विटको कारणले टेस्लाको शेयर बजार ६ प्रतिशतले बढेको थियो । यो मामिलामा आयोगले उनका विरुद्ध मुद्दासमेत दायर गरेको थियो ।

द इकोनमिस्टका अनुसार एलन मस्क त्यो विचारलाई अघि बढाउँदैछन् कि अब लगानीको साधारण नियम र तरिकाले सफलता पाउन सक्दैन । नियमक संयन्त्रलाई उनी पौरख विरोधी शत्रु ठान्छन्। नियमक निकायका अधिकारीविरुद्ध उनी अमर्यादित शब्द प्रयोग गर्छन् ।

मस्क ट्विटरको मालिक हुनको राजनीतिक परिणाम पनि हुन्छ र आर्थिक उथलपुथल पनि सँगै आउनेछ । उनले पहिले नै यो कुराको संकेत गरिसकेका थिए कि उनी डोनाल्ड ट्रम्पलाई फेरि ट्विटरमा ल्याउन चाहन्छन्। उनी आफूलाई एक यस्तो व्यक्तिको रूपमा प्रस्तुत गर्न चाहन्छन, जो अभिव्यक्ति स्वतन्त्रताको लागि जुनसुकै सीमासम्म जान सक्छन् ।

उनी सेन्सरसिपको प्वाँख काट्न र कन्टेन्ट मोडरेसनको नियमलाई खुकुलो पार्न दिने पक्षमा छन्। हामीले आजैबाट यो बुझिरहन जरुरी छ कि एलन मस्को मालिकत्ववाला ट्विटरले स्वतन्त्र अभिव्यक्तिको नाममा गलत जानकारी र भ्रामक सूचनालाई प्रबर्द्धन गर्ने वाला छ ।

( लेखक न्युयोर्क सिटी युनिभर्सिटीका प्राध्यापक हुन् । यो आलेख न्युयोर्क टाइम्सबाट भावानुवाद गरिएको हो )


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved