आगलागीबाट तीन घर जले, सवा दुई करोड भन्दा बढीको क्षति

नुवाकोटको शिवपुरीमा तीन घर जलेर नष्ट भएको छ। आगलागीबाट सवा दुई करोड रुपैयाँ भन्दा बढीको धनमाल नष्ट भएको छ।

शिवपुरी गाउँपालिका–८ मा रातिको समयमा लागेको आगोबाट स्थानीय तीन वटाघर र ती घरमा सञ्चालित पसलका सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

नेपालभ्युज

आगलागीबाट तीन घर जले, सवा दुई करोड भन्दा बढीको क्षति

नुवाकोट। नुवाकोटको शिवपुरीमा तीन घर जलेर नष्ट भएको छ। आगलागीबाट सवा दुई करोड रुपैयाँ भन्दा बढीको धनमाल नष्ट भएको छ।

शिवपुरी गाउँपालिका–८ मा रातिको समयमा लागेको आगोबाट स्थानीय तीन वटाघर र ती घरमा सञ्चालित पसलका सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

स्थानीय सत्तरीको डिल भन्ने स्थानमा विजय थापाको फेन्सी पसलबाट सुरु भएको आगो हरि थापाको किराना पसल र विजय थापाको हार्डवेयर पसलसमेत फैलिएर ती पसलमा रहेका सामग्रीहरू जलेर नष्ट भएको प्रहरी नायव उपरीक्षक रूपक खड्काले जानकारी दिए।

प्रहरीले क्षतिको विवरण संकलन गरिरहेको छ भने स्थानीयका अनुसार सवा दुई करोड रुपैयाँ भन्दा बढीको धनमाल नोकसान भएको छ।

डिएसपी थापाका अनुसार ुथापा दाजुभाइको तीनवटा घरसहित ती घरमा सञ्चालित पसलका सामग्री, घरमा रहेको नगद, सुनचाँदी, लत्ताकपडा, भाडावर्तन अधिकांश जलेर नष्ट भएकाले प्रारम्भिक विवरणअनुसार दुई करोड २० लाख रुपैयाँ बरारबको क्षति भएको छ।

पीडित परिवार र प्रहरी प्रशासन घटना आगलागी० नियन्त्रणतर्फ केन्द्रित भएकाले सम्पत्ति क्षतिको यकिन तथ्याङ्कमा त्योभन्दा बढीसमेत हुनसक्ने खड्काले बतााए।

रातको पौने ९ बजेदेखि लाग्न सुरु गरेको आगो स्थानीयवासी, सुरक्षाकर्मीको सहयोगमा विदुर नगरपालिकाको दमकलले पाँच घण्टापछि नियन्त्रणमा लिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved