प्रदर्शनअगावै ‘महापुरुष’ को प्रिमियर, पाहुनाबाट प्रशंसा

‘महापुरुष’ फिल्मको राजधानीमा प्रिमियर आयोजना गरिएको छ। भाइटिकाको भोलिपल्ट कात्तिक ११ गतेबाट प्रदर्शन हुने सिनेमा पाँ चारदिनअघि नै आइतबार प्रिमियर आयोजना गरिएको हो।

नेपालभ्युज

प्रदर्शनअगावै ‘महापुरुष’ को प्रिमियर, पाहुनाबाट प्रशंसा

काठमाडौं। ‘महापुरुष’ फिल्मको राजधानीमा प्रिमियर आयोजना गरिएको छ। भाइटिकाको भोलिपल्ट कात्तिक ११ गतेबाट प्रदर्शन हुने सिनेमा पाँ चारदिनअघि नै आइतबार प्रिमियर आयोजना गरिएको हो।

नाम चलेका निर्देशक, निर्माता तथा कलाकारलाई सिनेमा देखाएपछि ढुक्क हुन सकिने भन्दै निर्माताले पाँच दिनअगावै प्रिमियर राखेका हुन्। प्रिमियरमा सिनेमाले उपस्थित पाहुनाबाट प्रशंसा कमाएको छ।

एकल पिताको बुढ्यौली उमेरमा अंकुराएको प्रेम र विवाह गर्न खोज्दा परिवार र समाज कसरी बाधक बन्छ भन्ने कुरालाई मनछुने ढ‌ँगबाट प्रस्तुत गरिएको सिनेमाले प्रिमियरमा उपस्थित हरेक पाहुनालाई भावुक बनाएको थियो।
धेरैपछि कलाकार हरिवंश आचार्यको अब्बल अभिनय हेर्न पाएकोमा धेरैले खुशी प्रकट गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved