देउवाले भने– देश गम्भीर मोडमा छ, सत्ता गठबन्धनलाई जिताउनुस्

भोट माग्दै देउवाले भने ‘‘२००७ सालदेखि लडाई लड्दै ल्याएको गणतन्त्र, संविधान बचाउनका लागि गठबन्धनलाई जिताउन जरुरी छ। जीतको सफलता सुदूरपश्चिमबाटै मिल्ने मेरो अपेक्षा छ।’’

नेपालभ्युज

देउवाले भने– देश गम्भीर मोडमा छ, सत्ता गठबन्धनलाई जिताउनुस्

धनगढी। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश गम्भीर मोडमा रहेको बताउँदै चुनावमा सत्ता गठबन्धनलाई जिताउन आग्रह गरेका छन्। आइतबार धनगढीमा सत्ता गठबन्धनको सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपालको संविधान, गणतन्त्रको रक्षाको लागि सत्ता गठबन्धनलाई जिताउन आग्रह गरे।

उनले गठबन्धन दलका उम्मेदवारहरूलाई जिताउन पार्टीका कार्यकर्ताहरूलाई आह्वान गरे।

भोट माग्दै देउवाले भने ‘‘२००७ सालदेखि लडाई लड्दै ल्याएको गणतन्त्र, संविधान बचाउनका लागि गठबन्धनलाई जिताउन जरुरी छ। जीतको सफलता सुदूरपश्चिमबाटै मिल्ने मेरो अपेक्षा छ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved