युक्रेनमा २० प्रतिशतसम्म विद्युत कटौती गरिँदै

नेपालभ्युज

युक्रेनमा २० प्रतिशतसम्म विद्युत कटौती गरिँदै

कीभ । रूसी आक्रमणका कारण उत्पादनमा असर परेपछि युक्रेनका केही भागमा विद्युत्को प्रयोग २० प्रतिशतसम्म घटिरहेको राष्ट्रिय ऊर्जा सञ्चालक युक्रेनेर्गोले शनिबार एएफपीलाई बताएको छ ।

‘हामी नागरिक र व्यवसायहरू दुबैप्रति आभारी छौं । नागरिकले घरमा आफ्नो विद्युत खपत कम गरेका छन् र उद्योग, फर्म तथा कार्यालयहरूले आफ्नो कार्यालय र कार्यस्थलमा यस्तै गरिरहेका छन् । हामीले विभिन्न क्षेत्रमा बचत देख्छौं र विभिन्न दिनमा स्वेच्छिक उपभोगमा कमीको स्तर औसतमा पाँच देखि २० प्रतिशतसम्म हुन्छ,’ युक्रेनका प्रमुख भोलोडिमिर कुद्रित्स्कीले एएफपीसँगको लिखित प्रतिक्रियामा उल्लेख गरे ।

युक्रेनको ऊर्जा प्रणालीका लागि यी ‘महत्वपूर्ण मात्रा’ भए तापनि ती क्षेत्रहरूका लागि पर्याप्त थिएनन् जहाँ पूर्वाधारले ‘सबैभन्दा बढी क्षति बेहोरेको’ थियो । त्यसैले युक्रेनी ती क्षेत्रले ‘जबरजस्ती प्रतिबन्धहरू’को सहारा लिनुपरेको छ ।

रुसी सेनाले हालैका दिनहरूमा विशेष गरी युक्रेनको ऊर्जा पूर्वाधारलाई लक्षित गरी शृङ्खलाबद्ध आक्रमणहरू गरेको छ, जसमा शनिबार बिहान देशभरि पछिल्लो आक्रमणहरू भएका छन् ।

कुद्रित्स्कीले अक्टोबर १० र १२ मा भएको आक्रमण ‘युरोपेली इतिहासको ऊर्जा प्रणालीमाथिको सबैभन्दा ठूलो आक्रमण’ भएको बताए ।

क्रिमियन प्रायद्वीपलाई रुससँग जोड्ने एउटा महत्वपूर्ण पुलमा क्षति पु¥याएको विस्फोटको प्रतिशोधस्वरूप रूसी सेनाले अक्टोबर १० मा युक्रेनका विभिन्न शहरमा ८० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको कीभले जनाएको छ

कुद्रित्स्कीले भने, ‘शत्रुको एउटै लक्ष्य जनतामा त्रास छर्ने, ऊर्जा कर्मीहरूलाई तर्साउने, ऊर्जा प्रणालीलाई सङ्कटको स्थितिमा ल्याउने रहेको छ ।’

उनले आक्रमणपछि युक्रेनले करिब एक हजार विशेषज्ञहरूको साथ ७० मरम्मत समूहहरू स्थापना गरेको बताए ।

उनले भने, ‘गोलाबारीपछि भएको क्षतिको मात्राका आधारमा कतिथपय स्थानमा केही घण्टादेखि एक दिनको अवधिमा विद्युत् आपूर्ति सुचारु गर्न सम्भव छ ।’ एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved