सत्ता पाउन मात्रै होइन परिवर्तन ल्याउन पनि गठबन्धन आवश्यक : रामचन्द्र पौडेल

नेपालभ्युज

सत्ता पाउन मात्रै होइन परिवर्तन ल्याउन पनि गठबन्धन आवश्यक : रामचन्द्र पौडेल

मोरङ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले यो गठबन्धन चुनाव जित्न र सत्ता पाउन मात्रै नभएको बताएका छन् । विराटनगरमा आयोजित सत्ता गठबन्धनको भेलालाई सम्बोधन गर्दै उनले परिवर्तन ल्याउन गठबन्धन गरिएको बताए ।

कोतपर्व र भण्डारखाल पर्व मच्चाउनेहरूले लोकतन्त्र आएपछि केही भएको छैन भनेर प्रचार गरेको भन्दै उनले अवस्था त्यस्तो नरहेको बताए ।

पूर्वराजा ज्ञानेन्द्र तथा केपी ओलीलाई नामै लिएर उनले प्रतिगमन अब नफर्कने पनि बताए । ‘छद्मभेषीहरूले अनेक हतकण्डा मच्चाउने कोशिश भएको छ,’ उनले भने, ‘त्यसलाई जनताले चिन्नुपर्छ ।’

नेपाललाई र नेपालको अर्थतन्त्रलाई बलियो बनाउन गठबन्धनलाई जिताउनुपर्छ । गठबन्धन साथीहरूले मनमुटाव एकआपसमा हटाएर अगाडि बढ्नुपर्नेमा पौडेलले जोड दिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved