अमेरिकामा तिहारको बिदा दिइने

नेपालभ्युज

अमेरिकामा तिहारको बिदा दिइने

न्युयोर्क। अमेरिकाका राजधानी न्युयोर्कमा अब दीपावलीमा सार्वजनिक विद्यालयमा बिदा दिने भएको छ। आगामी वर्षको तिहार/दीपावलीदेखि न्युयोर्क महानगरका सार्वजनिक विद्यालयमा बिदा दिइने भएको हो। न्युयोर्क महानगरका प्रमुख एरिक एडम्सले बिहीबार उक्त घोषणा गरेका हुन्।

न्युयोर्क विधानसभा सदस्य जेनिफर राजकुमारले दीपावलीमा बिदा दिनेसम्बन्धी कानुनी प्रस्ताव प्रस्तुत गरेका थिए। महानगरका विधायकले पनि उक्त प्रस्तावलाई अनुमोदन गरेको केवल न्युज नेटवर्कले जनाएको छ।

प्रकाशको पर्व दीपावली मनाउने हिन्दु, बौद्ध, सिख र जैन धर्मका दुई लाखभन्दा बढी न्युयोर्कवासीले उक्त निर्णयको स्वागत गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved