हलमा ‘ब्ल्याक एडमसँग ‘के घर के डेरा’ र ‘नालापानी’

नेपालभ्युज

हलमा ‘ब्ल्याक एडमसँग ‘के घर के डेरा’ र ‘नालापानी’

काठमाडौं । आज (शुक्रबार) देखि नेपाली हलमा दुई नेपाली र एक विदेशी फिल्म प्रदर्शनमा आएका छन् । नेपालको ‘के घर के डेरा’ र ‘नालापानी’ तथा हलिउडको ‘ब्ल्याक एडम’ रिलिज भएका हुन् । यी तीनैवटा फिल्मको जनरा अलग छ ।

दीपेन्द्र के खनाल निर्देशित ‘के घर के डेरा’ गम्भीर विषयवस्तुमा बनेको हाँस्यप्रधान फिल्म हो । दयाहाङ राई, सुरक्षा पन्त, विपिन कार्की र वर्षा राउत अभिनित फिल्मले काठमाडौंमा घर निर्माणको सपना देख्ने मध्यमवर्गीय परिवारको कथा भन्छ ।

सन् १९१४ देखि १८१६ को कालखण्डमा चलेको नेपाल-अंग्रेजबीचको नालापानी युद्धको ऐतिहासिक कथावस्तुमा फिल्म ‘नालापानी’ निर्माण भएको छ । रिमेश अधिकारी निर्देशित फिल्ममा अर्जुनजंग शाही, देशभक्त खनाल, सन्तोष पन्त र गीता अधिकारीको प्रमुख भूमिका छ । चलचित्र विकास बोर्डले विशेष फिल्मको रुपमा मान्यता दिएको यो फिल्म ऐतिहासिक कथावस्तु रुचाउने दर्शकलाई प्रिय लाग्न सक्छ ।

‘के घर के डेरा’ र ‘नालापानी’सँगै हलिउडको ‘ब्ल्याक एडम’ पनि रिलिज भएको छ ।  ड्वेन जोन्सन पहिलोपटक हलिउडमा ‘ब्ल्याक एडम’मार्फत सुपरहिरो चरित्रमा देखिँदै छन् । डीसी कमिक्सको कथावस्तुमा आधारित फिल्मले पार्थिव चिहानबाट पुनः ब्युँझिएको र इजिप्सियन भगवानबाट शक्ति प्राप्त गरेको पात्रले न्यायका लागि गर्ने लडाईंलाई प्रस्तुत गर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved