बलिउड फिल्म ‘उचाइ’को आकर्षक ट्रेलर सार्वजनिक

नेपालभ्युज

बलिउड फिल्म ‘उचाइ’को आकर्षक ट्रेलर सार्वजनिक

काठमाडौं। नेपालमा छायांकन गरिएको बलिउड फिल्म ‘उचाइ’को आकर्षक ट्रेलर सार्वजनिक भएको छ । बुढ्यौली उमेरमा सगरमाथा र त्यस क्षेत्रका अन्य हिमालमा पदयात्रा गर्ने  चार पदयात्रीको कथा फिल्ममा छ।

फिल्मको ट्रेलरमा नेपालको हिमालय क्षेत्र र यहाँको मनमोहक दृश्य समेटिएको छ ।  सुरज वर्जत्य निर्देशित फिल्ममा अमिताभ बच्चन, बोमन इरानी, अनुपम खेर, परिणिती चोपडा र डेनी डेन्जोङ्पा रहेका मुख्य भूमिकामा छन्।

फिल्ममा परिणितीले नेपाली पदप्रदर्शकको भूमिका निर्वाह गरेकी छन् । नेपालमा पदयात्राको मौसम पनि सुरु भएकाले यो फिल्म अझै महत्वपूर्ण हुनसक्छ । उमेर बढेपछि खुलेर जीवन बाँच्नुपर्छ र आशावादी बन्नुपर्छ भन्ने सन्देश यसले दिन्छ ।

नेपालमा झण्डै एक महिना रहेर छायांकन गरिएको फिल्मले नेपालको पर्यटन विकासमा मद्दत पुग्ने अपेक्षा गरिएको छ ।  ‘उचाइ’ कात्तिक २५ गते रिलिज हुँदैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved