कांग्रेसले ४ दिन थप्यो उम्मेदवारी फिर्ता लिने समय

नेपालभ्युज

कांग्रेसले ४ दिन थप्यो उम्मेदवारी फिर्ता लिने समय

काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागी  नेपाली कांग्रेसले बागी उम्मेदवारी फिर्ता लिने समय चार दिन थप गरेको छ ।

नेपाली  कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सोमबार एक विज्ञप्ति जारी गर्दै ४ कात्तिकभित्र वक्तव्यमार्फत आफ्नो उम्मेदवारी निष्क्रिय बनाए कारबाही नगर्ने  जानकारी दिएका छन् ।

यसअघि कांग्रेसले सत्तारुढ गठबन्धनका उम्मेदवार रहेको ठाउँमा बागी उम्मेदवारी दिने उम्मेदवारसहित प्रस्तावक र समर्थकलाई पार्टीबाट निष्कासन गर्ने जनाएको थियो । उनिहरुले उम्मेदवारी निष्क्रिय बनाएको खण्डमा भने कारबाही नगर्ने कांग्रेसले जनाएको छ  ।

सत्ता गठबन्धनले २६ असोजभित्र बागी उम्मेदवारी फिर्ता लिन आग्रह गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved