बागी उम्मेदवारलाई कारबाही गर्ने गठबन्धनको तयारी

नेपालभ्युज

बागी उम्मेदवारलाई कारबाही गर्ने गठबन्धनको तयारी
फाइल तश्वीर

काठमाडौं। बागी उम्मेदवारी दिएर फिर्ता नगर्नेहरूलाई सत्ता गठबन्धनले कारबाही गर्ने भएको छ । बागी उम्मेदवारबारे छलफल गर्न गठबन्धनको बैठक सोमबार दिउँसो बोलाइएको छ ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा दिउँसो ३ बजे बस्नेगरी बैठक बोलाएको नेकपा एकीकृत समाजवादीका महासचिव डा. वेदुराम भुसालले जानकारी दिए । उनका अनुसार प्रतिनिधि र प्रदेश सभामा गठबन्धन भएका क्षेत्रमा गठबन्धन दलका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाहरूलाई फिर्ता गर्न निर्देशन दिए पनि कतिपयले फिर्ता नलिएकाले उनीहरूलाई कस्तो कारबाही गर्ने भन्नेबारे छलफल हुनेछ ।

‘बागी उम्मेदवारी दिएकाहरूले कसले फिर्ता गरे र कसले गरेनन् भन्नेमा छलफल हुन्छ र फिर्ता नगर्नेलाई कारबाही आ-आफ्नो पार्टीले कडा कारबाही गर्नुपर्ने हुन्छ, त्यही विषयमा छलफल गर्न बैठक आह्वान गरिएको हो’, भुसालको भनाइ छ ।

त्यस्तै, बैठकमा गठबन्धनको औचित्य, आवश्कता तथा गठबन्धनलाई मत दिनुपर्नाको कारणबारे खुलाउँदै अपिल जारी गर्ने भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved