रुपन्देही २ का उम्मेदवार गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले गुरुङको उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृत कार्यालयको निर्णय कार्यान्वयन नगर्न आइतबार अल्पकालीन अन्तरिम आदेश दिएको हो । सर्वोच्चले यसवारेमा छलफलका लागि निर्वाचन आयोग र उम्मेदवार गुरुङलाई बोलाएको छ ।

नेपालभ्युज

रुपन्देही २ का उम्मेदवार गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले रुपन्देही क्षेत्र नम्बर २ का प्रतिस्पर्धी राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न आदेश दिएको छ । सर्वोच्चको आदेशसँगै गुरुङको उम्मेदवारी कायम भएको छ ।

नेकपा एकीकृत समाजवादीका नेता गुरुङ सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका थिए । तर निर्वाचन अधिकृतले उनको उम्मेदवारी खारेज गरेपछि सर्वोच्चमा मुद्दा परेको थियो ।

न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले गुरुङको उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृत कार्यालयको निर्णय कार्यान्वयन नगर्न आइतबार अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

सर्वोच्चले यसवारेमा छलफलका लागि निर्वाचन आयोग र उम्मेदवार गुरुङलाई बोलाएको छ । रुपन्देही २ बाट नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पनि चुनावी मैदानमा छन् । उक्त क्षेत्रका स्वतन्त्र उम्मेदवार कमल भुसालले पनि मुद्दा हालेका छन् । उनको मुद्दा आज हेर्न नभ्याइनेमा परेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved