‘हिजो आजका कुरा’ बक्स अफिसमा कमजोर, मल्टिप्लेक्समा शोसमेत घटाइयो

नेपालभ्युज

‘हिजो आजका कुरा’ बक्स अफिसमा कमजोर, मल्टिप्लेक्समा शोसमेत घटाइयो

काठमाडौं। गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘हिजो आजका कुरा’ ले बक्स अफिसमा ओपनिङ राम्रो गर्न सकेको छैन । देशभरका मल्टिप्लेक्समा शुक्रबार र शनिबार राम्रो शो पाएको फिल्मको सुरुवाती व्यवसाय राम्रो नभएपछि शोसमेत घटाइएको छ ।

साकार पन्तको निर्देशन रहेको फिल्म सन्तोष पन्तले निर्माण गरेका हुन् । नेपाल टेलिभिजनमा १२ वर्ष चल्न सफल टेलिसिरियल ‘हिजो आजको कुरा’ को नामबाटै निर्माण भएको फिल्मको व्यवसाय नहुनुको कारण फितलो पटकथा र मेकिङ मानिएको छ ।

सिरियल झै लाग्ने फिल्ममा सन्तोष पन्त, रमा थपलिया, ऋचा शर्मा, दिव्य देव, साकार पन्त, रिमा विश्वकर्मा, जेविका कार्की लगायतको मुख्य भूमिका छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved