अर्काइभबाट

सबैका सत्यमोहन

होलान् कति सत्यमोहनजस्तै बाँच्न सक्ने? बाँचेर अरुलाई ज्ञान र अनुभव बाँडिरहनसक्ने। आत्मबल र उत्साह बढाइरहनसक्ने। बनिरहनसक्ने अरूका लागि आदर्श। होइन त्यत्तिकै आइरहने भेट्न देशविदेशबाट मन्दिरमाजस्तै। बन्नुभएको छ सेलिब्रेटीजस्तै। जीवित इतिहासजस्तै। कमै होलान् एक पटक भेट्ने नचाहने नेपाली कोही पनि।

सबैका सत्यमोहन
श्रीओम श्रेष्ठ ‘रोदन’

चिन्न सकिन्छ सजिलै वास्तविक महापुरुषलाई। नम्रता नहुने मान्छे हुनै सक्दैनन् विशेष। व्यक्ति चिनाउने पहिला विनयशिलताले नै हो । हुनुहुन्छ त्यस्तै आख्यान शताब्दीपुरुष सत्यमोहन जोशी। हुनुहुन्छ ज्ञान र अनुभवले भरिपूर्ण। भएजस्तै विद्वता देखिनुहुन्छ सरल र विनम्र।

हुनुहुन्छ व्यक्ति एक तर धनी अनेक व्यक्तित्वका। समुद्रजस्तै गहिरो छ ज्ञानको भण्डार। कुवेरको ढुकुटीजस्तै छ अनुभव। जे खोज्यो त्यही भेटिने। भण्डारहरूको पनि भण्डारजस्तै। पाउन सक्ने आवश्यकताअनुसार। भर्न सक्ने त्यसले त्यति नै जसले जत्रो भाँडो लिएर जानसक्छ। हुनुहुन्छ सिद्धहस्त कविता, कथा, नाटक, निबन्ध र लोकसाहित्यका।

हुनुहुन्छ ज्ञाता संस्कृति, दर्शन, कला, पुरातत्त्व विषयका। कायम गरेका छन् अभिलेखै अभिलेख किताबहरूले। नजान्नुभएको केही छैन जस्तो। नबुझ्नुभएको पनि केही छैन जस्तो। सक्नुहुन्छ बोल्न र व्याख्या गर्न पनि। जुन क्षेत्रको जुनै सन्दर्भमा पनि घण्टौँ। उखान अङ्ग्रेजी। ज्याक अफ अल मास्टर अफ ननलाई नै उल्टाइदिनुभएको बनेर आफैँ ज्याक अफ अल मास्टर अफ अल।

थिचिएका छन् अहिले थाक्नै नपर्नेहरू। उमेरभन्दा बढीको बोझले थिचिएकाजस्ता। कुरिरहेकाजस्ता हातलाई भाग्य मानेर सुन्दर सम्भावना। लाग्नासाथ अलिकति उज्यालो घामको। बन्न खोजिरहन्छन् हुनुपर्नेभन्दा ठूलो। लागेजस्तै उन्माद। हुनुहुन्छ सत्यमोहन भने टुँडिखेलको घोडेजात्रामा दौडिने घोडाजस्तै वेगमा। थकाइ मार्न बिर्सिएजस्तै। दौडिरहनुभएको छ निरन्तर शताब्दी पार गरिसक्दा पनि।

आयुले एक सय दुई वर्ष कटेका सरकारले विशेष विभूषित गरेका। मानेर आख्यान शताब्दीपुरुष। दिएको थियो पाँच वर्ष ग्रेस त्रिमूर्ति निकेतनले। गरेको थियो सम्मान शताब्दी पुरुषको। पन्चानब्बे लाग्दा एकहत्तर मङ्सिरमा नै देशविदेशका एकसय एकवटा संस्थाबाट अभिनन्दन। न देखिन्थ्यो बुढ्यौलीको सङ्केत, सधैँ ऊर्जावान् । सधैँ उत्साही सत्यमोहन ।

सायद, बाँच्नुको सार्थकता भनेको यस्तै होला। होला, यस्तै बाँच्ने कला ऋषिमुनिले पनि।  बिरामी हुनु अस्वाभाविक होइन । दुईपटक अस्पताल परेर पनि न कसैलाई दुःख न आफैँलाई दुःख। न टेक्ने लौरो न कसैको साथ नै। छ बन्नसक्नुभएको सबैको। बन्नसक्नुभएको छ सधैँको पनि सत्यमोहन।

हुनुहुन्छ इमानदार आफूप्रति। बन्नसक्नुभएको छैन बेइमान अरूप्रति। भन्छ हिजोले यही। भनिरहेको छ आजले पनि यही। विश्वास हो भोलि भनेको। ठूलाठूला आदर्श फलाक्नेहरू। देखिँदैनन् बोलेजस्तै। देखेजस्तो सक्दैनन् बन्न। चकित पर्छन् होला छेपारा पनि रङ फेरको देख्दा।
बाँड्छन् भ्रम अरुलाई। बाँच्छन् भ्रममा नै आफू पनि। ढाक्छन् आफूभित्रको सत्यलाई राम्रो पहिरन र मिठो बोलीले। झुक्याउँछन् ओढेर यस्ता आवरण। झुकिरहन्छन् आफैँ पनि अरुलाई झुक्क्याइरहँदा। समस्या नै यही हो हाम्रो समाजको। सत्यलाई लुकाएर असत्यको पर्दामा उत्रिरहने। सत्यमोहन भने हेरिरहनुहुन्छ माथिबाट सगरमाथालेझैँ।

बढिरहेको छ अविश्वास र कलह। बढिरहेका छन् भीड मान्छेका। बन्नुभएको छ एक्लोजस्तो सत्यमोहन। बन्नुभएको छ अपवादजस्तै। भएजस्तै देखिने र गर्ने त्यस्तै व्यवहार। नामजस्तै सत्य र कामजस्तै मोहन।

स्वरूप छ त्यस्तै अग्लो। व्यवहार छ हार्दिक। छ लवाइमा आफ्नोपन। लगाउनुहुन्छ दौरासुरुवाल, कोट र टोपी। कपडा नेपालीको। देखिनुहुन्न अर्को कुनै स्वरूपमा कहिल्यै। देखिएरै चिन्ने अर्को परिचय हो उहाँको।

छ घर पनि त्यस्तै। प्राचीन ऋषिमुनिहरूको कुटीजस्तै। आँगनमा तुलसीको मठ। रुख र फूलका लहराले छपक्कै छाना छाएका। गाइरहन्छन् बिहान र साँझ एकनासले चराहरू। नजिकै माता र पिताको अर्धकदको शालिक। संगैँको ठूलो घरमा नबसेर बस्नुहुन्छ ऋृषिहरुझैँ कुटीमा वर्षौँदेखि। गर्नुभो दान त्यही घर पनि। बनेको छ अहिले ठूलो ‘सत्यमोहन लोकसाहित्य परिषद्’ भवन। बस्नुहुन्छ छेउको सानो आश्रममा।
होड छ अहिले ठूलो र आकर्षक घर बनाउने। लगाउन आँखा अरूको। बस्नुहुन्छ पाटन सहरको बखुंबहालमा। बनेको छ जीवनशैली नै सरल र सजिलो। नभएपछि लोभ होला गरिने त्याग यस्तै। हो आदर्श सत्यमोहन हुनुको पनि।

बनेको छ जिउँदो सङ्ग्रहालय सत्यमोहन आश्रम। हुँदैन खाली कहिल्यै। आउजाउ गर्नेहरू भइरहन्छन् बिहानदेखि साँझसम्मै। आउँछन् कोही संस्कृतिका कुरा गर्न। कोही आउँछन् लोकसाहित्य बुझ्न। आउँछन् कोही साहित्य र कलाका कुरा गर्न। कोही पुरातत्त्वका, कोही आउँछन् इतिहासका कुरा गर्न।

विमोचन गर्न आउँछन् पुस्तकको। कोही दिन मात्र आउँछन् पुस्तक। खाली हुँदैन पत्रकारहरू। अन्तर्वार्ताका लागि रेडियो, टेलिभिजनका। भइरहन्छन् पत्रिका र युट्युबवालाहरू। आइरहन्छन् खोज्दै घर उहाँलाई भेट्नका लागि। सँगै बसेर फोटो खिच्नका लागि पनि। भन्नुहुन्न कसैलाई पनि नाइँ। गर्नुहुन्छ सबैलाई आत्मीय व्यवहार। बुझ्ननुहुन्छ अरूले आफूलाई महत्त्व दिएजस्तै। अरूको महत्त्व पनि। भ्याउँदैन सानो छातीले अरूको खुसीमा खुसी हुन। हो यो पनि एक प्रकारको जीवनकला नै।

नलग्दो रहेछ बुढ्यौली पनि क्यारे। सादा जीवन, सक्रिय जीवन, सकारात्मक सोचले। बढेको बढ्यै छ हिजोको भन्दा सम्मान आज झन्झन्। भएर पो हो कि बोलाइ, लेखाइ र व्यवहारमा संयमता? हो कि सोचाइमा दूरदर्शिता भएर? सदाचार भएर पो हो कि? सत्यमोहन सबैको बनिरहनसक्नुभएको।

प्रकृतिजस्तो नियमितता छ उहाँको। न कसैले बिथोल्न खोज्छन्। न गर्न खोजेर नै सक्छन्। झुकाउने कल्पना पनि गर्न सक्दैनन् कसैले ज्ञानअनुभवमा। झुकिरहनुहुन्छ आफैँ लटरम्म हाँगाजस्तै। भेटिरहन्छु प्रायः केही न केही निहुँमा। जति पटक भेटेको छु त्यति नै पटक भुतुक्क भएको छु शालीनताले। भने पनि मैले। भनिरहन्छन् यस्तै अरूले पनि। हुनुहुन्छ नै त्यस्तै। मिल्नसक्ने पानीजस्तो जोसँग पनि।
भइरहन्छ भेट कार्यक्रमहरूमा निरन्तर। निम्त्याएको छु धेरै नै पटक कार्यक्रममा प्रमुखआतिथ्यको। गरेको छु अन्तर्वार्ता पटकपटक। पत्रिकाका लागि र एफएम रेडियोका लागि। आउनुभएको छ स्टुडियोमा नै पनि। अरू त अरू नेवारहरूको म्हपूजाको दिन पनि राति।
गरेको छु सोधीखोजी साँंस्कृतिक डकुमेन्ट्री बनाउँदा। भन्नुभएको छैन कहिल्यै भ्याइनँ भनेर। मान्नुभएको छैन कहिल्यै अप्ठेरो। जहिले पनि तयार। जेमा पनि तयार। जहाँ पनि तयार। सीमाहीन शालीनताको परिभाषा के हुनसक्ला योभन्दा बढी?

भएको छु झङ्कृत जहिल्यै। उहाँको उमेर र सक्रियतामा। भएको ज्ञान र गर्नुभएको प्रयोगमा। उहाँको शालिनता र बिनम्रतामा। उत्साही बनेको छुँ कुनै कुराले दुःखी हुँदा। पाएको छु ऊर्जा भेटे जति पटक। जितजस्तै भएका छन् मेरा लागि प्रत्येक भेट। जिउनुको सार्थकता होला यही मान्छेको। के कुरा भयो र बाँच्नु मात्रको? सासैले मात्र बाँच्ने, आसैले मात्र बाँच्ने। आफ्नै लागि मात्र बाँच्ने। मरेपछि मर्ने जीवनको अर्थ के ? जन्मिरहेका छन् करोडौँ मान्छे त। छन् मरिरहेका पनि करोडौँ नै।

होलान् कति सत्यमोहनजस्तै बाँच्न सक्ने? बाँचेर अरुलाई ज्ञान र अनुभव बाँडिरहनसक्ने। आत्मबल र उत्साह बढाइरहनसक्ने। बनिरहनसक्ने अरूका लागि आदर्श। होइन त्यत्तिकै आइरहने भेट्न देशविदेशबाट मन्दिरमाजस्तै। बन्नुभएको छ सेलिब्रेटीजस्तै। जीवित इतिहासजस्तै। कमै होलान् एक पटक भेट्ने नचाहने नेपाली कोही पनि। जन्मनुभो बखँ्बहाल अर्थात् परेवा बस्ने ठाउँमा। वैशाख तीस गते उन्नाइस सय सतहत्तरको साइतमा। भए पनि नाम एउटै। हुनुहुन्छ धनी धेरै व्यक्तित्वको।

भन्छन् कसैले लोक साहित्यकार। कसैले संस्कृतिविद्। भन्छन् कसैले मदन पुरस्कारका ह्याट्रिककर्ता। भने कसैले महाविद्यावारिधि पाउने पहिलो। भने कसैले प्रज्ञाप्रतिष्ठानका सक्षम सदस्यसचिव। भने कसैले गाईजात्रामा हास्यव्यङ्ग्य चलाउने। भने कसैले नयाँ वर्षमा नाटक प्रतियोगिता गराउने। भने कसैले संस्कृति तथा पुरातत्त्व विभागको पहिलो महानिर्देशक। भने कसैले पाटन दरवारमा पुरातत्त्व बगैँचा बनाउने।
भने कसैले तौलिहवामा पुरातत्त्व सङ्ग्रहाल बनाउने। भने कसैले भक्तपुरमा चित्र सङ्ग्रहालय बनाउने। भने कसैले राष्ट्रिय नाचघर बनाउने। भने कसैले न्युजिल्याण्ड पुग्ने पहिलो नेपाली। भनुन भन्नेहरूले जेजे नै। बाँचिरहनुभएको छ सत्यमोहन मात्रै सत्यमोहन भएर। न मात्तिनुभएको छ खुसीले कहिल्यै। न आत्तिनुभएको छ कहिल्यै दुःखले।

 

परेको छैन जोखिन आजसम्म अर्काको तराजुमा। हाँस्नुपरेको छैन धरौटीमा आजसम्म। भरिन परेको छैन कसैको मानोपाथीमा। पुग्नुहुन्छ त्यसैले जहाँ पनि। भएजस्तै बनेर अग्लो। बोल्नुहुन्छ गर्वले। हिँड्नुहुन्छ फुकाएर छाती।

 

परेको छैन जोखिन आजसम्म अर्काको तराजुमा। हाँस्नुपरेको छैन धरौटीमा आजसम्म। भरिन परेको छैन कसैको मानोपाथीमा। पुग्नुहुन्छ त्यसैले जहाँ पनि। भएजस्तै बनेर अग्लो। बोल्नुहुन्छ गर्वले। हिँड्नुहुन्छ फुकाएर छाती।

सकिसकेपछि पनि पटकपटक बूढोपास्नी। पुग्नुभएको छ युरोप ,अमेरिका पनि। पुग्नुहुन्छ जति टाढाको कार्यक्रममा पनि। नपुगेको कुनै ठाउँ छैन जस्तो। छैन कुनै क्षेत्रस्तो। पर्थेन जति टाढाको कार्यक्रममा पनि लिन कसैले। नपर्ने पुर्‍याउन जान पनि। पुग्नुहुन्छ कार्यक्रममा समयभन्दा अगाडि नै। ढोँग ढालिदिनुभएको छ। ढिलो पुग्नुपर्छ भन्ने प्रमुख बनेपछि आमन्त्रितभन्दा। छाड्नुहुन्छ जहाँ पनि सत्यमोहन हुनुको अर्थ।
लगाइदिएको छ मुखुण्डो विज्ञापनले वर्तमानलाई। बाइ वान गेट वान भनेजस्तै बनेको छ जिन्दगी। निदाउने आँखा उधारो ल्याएजस्तो। सुकोमल डसनामा निदाउन नसक्नेहरुलेजस्तै। खोक्रो बाँसजस्तो बन्नथालेको छ जीवन। होइन सानो कुरा यस्तो समयमा। आफू र आफ्नै भएर बाँचिरहनु। भोग्ने उहाँ नै हो। राणाकाल, पञ्चायतकाल, प्रजातन्त्र , लोकतन्त्र ,गणतन्त्र जेजे तन्त्र भने पनि। साक्षी हुनुहुन्छ सबै कालको। भए पनि हुनुभएको छैन तलमाथि अलिकति पनि।

गोरखापत्रमा कविता छापियो पहिलोपटक। त्यसपछि निबन्ध। छापिए भटाभट भाषा, नाटक, संस्कृति। गर्नुभो खोजी लोकगीत ,पुरातत्त्वको। लेख्नुभो महाकाव्य, मूर्तिका कुरा र मुद्राका कुरा पनि। छन् झन्डै छ दर्जनजति पुस्तक। छैन कुनै विधा हात नहाल्नुभएको। हुनुभएको छैन असफल पनि कुनैमा। मान्छे जत्तिकै दहे छ उहाँको कलम। नेपाल भाषा ,नेपाली भाषा र अङ्ग्रेजी भाषामा पनि।

जानुभो चीन नेपाली भाषा सिकाउन। चलाउनुभो नेपाली कार्यक्रम पेकिङ रेडियोमा चार वर्ष। खोजेर कलाकार अरनिको बनाउनुभो पुस्तक नै। ल्याउनुभो चर्चामा। बनाउनुभो विभूति। जानुभो राष्ट्रसङ्घीय कार्यक्रमबाट न्युजिल्याण्ड। बन्नुभो पुग्ने पहिलो नेपाली। तेन्जिङ र हिलारीले सगरमाथा टेकेको भोलिपल्ट नै। पाउनुभो कल्पनै नगरेको खुसी र सम्मान।

नाटक लेख्नुभो ‘फर्केर हेर्दा’। देखाउनुभो जुम्लासम्म। राजधानीबाहिर पहिलोपटक। त्यतिमात्र कहाँ हो र ? चल्यो नाटक निकै। कमायो पैसा पनि। फेरियो कुलपतिको थोत्रो गाडी पनि। हो कुरो तेतीस सालको। हुनुभो आफैँ पनि कलाकार डबली नाटकको।

सकेका छैनन् मञ्चको पर्खाल नाघ्न। अभिनय गर्ने कलाकारहरूले। प्रशंसाका जति ताली बजे पनि जान दिँदैनन् प्रेक्षालयका भित्ताहरूले बाहिर। जीवनमै अभिनय गर्नेहरू। चुमिरहेका छन् सफलताको शिखर। कला हो यो पनि एउटा। पर्छ जस्तो जहाँ। गर्छ अभिनय त्यस्तै। बनाइदिन्छन् दर्शक अरुलाई।

यथार्थ कुन र कुन अभिनय छुट्टाउन नसक्ने छ हूल। सत्य अभिनय गरिरहनुभएको छ सत्यमोहन। छोड्नुभएको छैन उहाँले कुनै क्षेत्र। न छोड्न दिएको छ कुनै क्षेत्रले उहाँलाई। होइन त्यसैले नाम मात्र सत्यमोहन। बनेको छ कीर्तिमानै कीर्तिमानी नाम।

बढिरहेको छ उमेरजस्तै उचाइ सत्यमोहन जोशीको। परिवर्तन गरिरहेको छ समयले सबैलाई। कुरै छाडौँ नेताहरूको। कलाकार र साहित्यकार पनि बज्छन् समयअनुरूपको ट्युनिङमा। हराउँछन् समय गएपछि। बजिरहनुभएको छ सत्यमोहन सधैँ आफ्नै ट्युनिङमा। बनाएको छ कालजयी यही सदाबहारले नै। नभने पनि सधैँका लागि र सबैका लागि।

बन्नुभएको छ सुपरस्टारजस्तै सिनेमाको।
साधनाले भाषा, साहित्य, कला र संस्कृतिको।
नबनेर बूढो कहिल्यै।
विश्वविद्यालयहरूको भाषामा महाविद्यावारिधि।
राज्यको भाषामा आख्यान शताब्दीपुरुष।
जनताको भाषामा हाम्रो सत्यमोहन, सधैँको सत्यमोहन।
००

अर्काइभबाट


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved