चन्द्रेको हाँसो

चन्द्रे खुसी भएको देखेर एकदिन कसैले उ सँग सोध्यो । ‘यो बाटो बन्यो भने जग्गा जमिन हुनेहरू ब्यापारी र व्यवसायलाई फाइदा हुने हुनाले उनीहरू खुसी देखिन्छन् तर तिमी के कुरामा खुसी भएको ?’ 

चन्द्रेको हाँसो

संसारलाई एउटै राजमार्गले जोड्ने अन्तराष्ट्रिय योजना बन्यो । राजमार्गले सकेसम्म सबै राष्ट्रलाई छुन सकोस भन्ने उद्देश्य राखेको हुनाले त्यसको सानो हिस्सा नेपालमा पनि पर्ने भयो ।

जुन जिल्ला र गाउँहरू भएर राजमार्ग गुज्रने भयो त्यहाँका जनता निकै खुशी भए । अचानक ती ठाउँहरूको महत्त्व र मूल्य बढ्यो । जग्गाको कारोबार तिव्र रूपमा बढ्न थाल्यो । मानिसहरू सपना बुन्न थाले । कसैले भने “बाटो बनाँउदा ब्यक्तिगत जग्गा पर्‍यो भने मुआब्जा डलरमा पाइन्छ ।”

कोही बाटो छेउमा पर्ने खेतबारी घडेरी बनेपछि महंगोमा बेचेर शहरमा बसाइ सर्ने विचार गर्न थाले । कोही गाउँमै ब्यापार गर्ने, होटल खोल्ने र अन्तराष्ट्रिय ग्राहकसँग डलरमा लेनदेन गर्ने योजना बुन्न थाले ।

सहरमा तरकारी र दुध दही वेच्न लैजानेहरू पनि अब आफ्नो सागसब्जी तथा गोरस महँगोमा बेच्न पाइने भयो भनेर मख्ख परे ।

साँझ-साँझ भट्टीमा जाँड खान जाने माइला पनि ठर्राको सट्टा विदेश रक्सी खान पाइने भयो भनेर गफ गर्न थाल्यो । स्कुलहरूमा ग्लोबलाइजेसनको फाइदा शीर्षकमा निबन्ध र वक्तृत्वकला प्रतियोगिता हुन थाले ।

गाउँको चोला फेरिने भयो भन्ने जताततै चर्चा हुन थाल्यो । सबैको अनुहारमा खुसियाली छायो । यो खुशियाली गाउँको छेउमा बसेर भिक्षा माग्दै गुजारा गर्ने चन्द्रे जोगीको अनुहारमा पनि झल्कन थाल्यो ।

चन्द्रे खुसी भएको देखेर एकदिन कसैले उ सँग सोध्यो । ‘यो बाटो बन्यो भने जग्गा जमिन हुनेहरू ब्यापारी र व्यवसायलाई फाइदा हुने हुनाले उनीहरू खुसी देखिन्छन् तर तिमी के कुरामा खुसी भएको ?’  चन्द्रेले मुसुक्कै हाँस्दै भन्यो “यो बाटोमा विदेशीहरू हिँड्न थाले पछि मैले पनि डलरमा भिक्षा पाउँछु नि ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved