चितवनको पल्ली जुस उद्योगमा आगलागी

नेपालभ्युज

चितवनको पल्ली जुस उद्योगमा आगलागी
फाइल तश्वीर

काठमाडौं। चितवनको रत्ननगर नगरपालिका-१० मा रहेको युनाइटेड बेभरेज कम्पनीको पल्पी जुस उद्योगमा आगलागी भएको छ। आज बिहान ४ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आएको छैन।

आगो निभाउन खैरहनीका दुई र भरतपुरको एउटा दमकल तथा एउटा डोजर प्रयोग गरिएको प्रहरीले जनाएको छ। उद्योगमा राखिएका ड्रम र कार्टुनमा आगलागी भइरहेको ईलाका प्रहरी कार्यालय टाँडीका डिएसपी रविनबाबु रेग्मीले जानकारी दिए।

आगलागीबाट भएको क्षति बिवरण आउन बाकी छ।। विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved