उम्मेदवारी निष्क्रिय गर्ने बागीलाई कांग्रेसले कारबाही फुकुवा गर्ने

नेपालभ्युज

उम्मेदवारी निष्क्रिय गर्ने बागीलाई कांग्रेसले कारबाही फुकुवा गर्ने

काठमाडौं । नेपाली कांग्रेसले  मंसिर  ४ गने हुने प्रतिनिधि तथा प्रदेश सभाका बागी उम्मेदवारले असोज ३१ गतेभित्र  आफ्नो उम्मेदवारी निष्क्रिय गराएमा कारबाही फुकुवा गर्ने  बताएको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयका  मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिहिबार एक विज्ञप्ति जारी गरि विद्रोही उम्मेदवारले आफ्नो उम्मेदवारी निष्क्रिय गराएमा त्यस्ता विद्रोही उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थक उपरको कारबाही पार्टी केन्द्रले आवश्यक प्रक्रिया पुर्‍याई फुकुवा गर्ने जानकारी दिएका हुन् ।

‘तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका त्यस्ता विद्रोही उम्मेदवारले पार्टीका आधिकारिक उम्मेदवार एवं गठबन्धन दलका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन पूर्ण रूपमा सक्रिय रहने प्रतिबद्धता सहित २०७९ असोज ३१ गतेभित्र सार्वजनिक रूपमा वक्तव्य प्रकाशित गरी आफ्नो उम्मेदवारी निष्क्रिय गराएमा त्यस्ता विद्रोही उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थक उपरको कारबाही पार्टी केन्द्रले आवश्यक प्रक्रिया पुर्‍याई फुकुवा गर्ने ब्यहोरा सम्बन्धित सबैलाई निर्देशानुसार जानकारी गराइन्छ’ विज्ञप्तिमा भनिएको छ ।

यसअघि कांग्रेसले आगामी निर्वाचनमा गठबन्धन दलहरूबीच सहमति भई बनेका आधिकारिक उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवारी दिई २०७९ असोज २६ गते भित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका त्यस्ता विद्रोही उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थकलाई नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) बमोजिम नेपाली कांग्रेसको सदस्यता समेत नरहने गरी ५ वर्षका लागि निष्कासन गर्ने  बताएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved