बागीलाई फकाउँदै कांग्रेस, असोजभित्र उम्मेदवारी निष्क्रिय पारे कारबाही फुकुवा

नेपालभ्युज

बागीलाई फकाउँदै कांग्रेस, असोजभित्र उम्मेदवारी निष्क्रिय पारे कारबाही फुकुवा

काठमाडौं। नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभामा सत्तारुढ गठबन्धनका उम्मेदवारविरुद्ध उठेका बागी उम्मेदवारहरूलाई फकाउन थालेको छ। कांग्रेसले बागीहरूलाई ३१ असोजसम्म उम्मेदवारी निष्क्रिय पार्न आग्रह गरेको छ ।

बुधबार विज्ञप्ति जारी गर्दै कांग्रेसले सत्ता गठबन्धनविरुद्धका बागी उम्मेदवार बन्नेलाई पार्टीबाट पाँच वर्षका लागि निष्कासन गरेको बताएको थियो । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार ३१ असोजसम्म उम्मेदवारी निष्क्रिय बनाए कारबाही फुकुवा हुनेछ ।

बिहीबार जारी विज्ञप्तिमा उनले भनेका छन्, ‘तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका त्यस्ता विद्रोही उम्मेदवारले पार्टीका आधिकारिक उम्मेदवार एवं गठबन्धन दलका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन पूर्णरूपमा सक्रिय रहने प्रतिबद्धतासहित २०७९ असोज ३१ गतेभित्र सार्वजनिक रूपमा वक्तव्य प्रकाशित गरी आफ्नो उम्मेदवारी निष्क्रिय गराएमा त्यस्ता विद्रोही उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थक उपरको कारबाही पार्टी केन्द्रले आवश्यक प्रक्रिया पुर्‍याई फुकुवा गर्ने व्यहोरासम्बन्धित सबैलाई निर्देशानुसार जानकारी गराइन्छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved