कांग्रेसले भन्यो- बागी उम्मेदवारी फिर्ता नलिए प्रस्तावक र समर्थकसमेत पार्टीबाट स्वतः निष्कासित

नेपालभ्युज

कांग्रेसले भन्यो- बागी उम्मेदवारी फिर्ता नलिए प्रस्तावक र समर्थकसमेत पार्टीबाट स्वतः निष्कासित

काठमाडौँ  । कांग्रेसले बागी उम्मेदवारलाई बुधबार दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन अल्टिमेटम दिएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो अल्टिमेटम दिएका हुन् ।

पौडेलले बागी उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ता लिई पार्टीका आधिकारिक उम्मेदवार तथा गठबन्धन दलका उम्मेदवारहरुलाई विजय गराउन विज्ञप्तिमार्फत  निर्देशन दिएका हुन् ।

तोकिएको समयसीमाभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा बागी उम्मेदवार र निजको प्रस्तावक र समर्थक पार्टीवाट स्वतः निष्कासित हुने पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।

यसअघि मंगलबार दिउँसो  गठबन्धनका ४ दलका शीर्ष नेताले संयुक्त विज्ञप्ति जारी गर्दै बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिइसकेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved