कांग्रेसको निर्देशन : गठबन्धनबाहिरका उम्मेदवारको पोस्टमा कमेन्ट र लाइकसमेत नगर्नु

नेपालभ्युज

कांग्रेसको निर्देशन : गठबन्धनबाहिरका उम्मेदवारको पोस्टमा कमेन्ट र लाइकसमेत नगर्नु

काठमाडौं । नेपाली कांग्रेस कञ्चनपुरले सत्ता गठबन्धनका पक्षमा जनमत सृजना गर्न अनुरोध गरेको छ  ।  जिल्ला कार्यसमितिका सचिव भीम भट्टले मंगलबार विज्ञप्ति जारी गर्दै वाम-लोकतान्त्रिक गठबन्धनका आधिकारिक उम्मेदवारहरुविरुद्ध नलाग्न कार्यकर्तालाई कडा निर्देशन दिएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘आधिकारिक उम्मेदवारबाहेकलाई पक्षपोषण हुने गरी कुनै किसिमका अभिव्यक्ति नदिन, सामाजिक सञ्जालमा पोष्ट, कमेन्ट र लाइक तथा कुनै प्रचारप्रसार जस्ता कार्य नगर्न अनुरोध छ ।’

यस्तै लोकतान्त्रिक-वाम गठबन्धनका विपक्षमा कुनै किसिमका अभिव्यक्ति नदिन र सामाजिक सञ्जालमा टिप्पणी नगर्न पनि निर्देशन दिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved