सोमबार नेप्सेमा २७ अंकको गिरावट, ९७ करोडको मात्रै कारोबार

नेपालभ्युज

सोमबार नेप्सेमा २७ अंकको गिरावट, ९७ करोडको मात्रै कारोबार

काठमाडौं। साताको दोश्रो दिन सेयर बजारमा  २७ अङ्कमाथिको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक २७.१६ अङ्कले घट्दै १८७१.२२ अंकमा झरेको हो ।

यस्तै, आज ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत ५.३६ अङ्कले घट्दै ३६६.८४ अंकमा झर्न पुगेको छ । २७ अंकमाथिले घटेको बजारमा आज जम्मा ९७ करोड १७ लाख रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ ।

आज म्युचुअल फन्ड बाहेकका १२ वटा उपसूचक ऋणात्मक भएका छन् । सबैभन्दा बढी डेभलपमेन्ट बैंक समूहको २.६५ प्रतिशतले घटेको छ भने फाइनान्स र हाइड्रोपावर समूहको उपसूचक क्रमशः २.३९ प्रतिशत र २.१५ प्रतिशतले घटेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved