स्वर्णिम वाग्लेले यो पटक टिकट नपाउने पक्का

नेपालभ्युज

काठमाडौं । नेपाली कांग्रेसले अर्थशास्त्री स्वर्णिम वाग्लेलाई टिकट दिन अस्वीकार गरेको छ । वाग्लेको नाम चितवन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएको थियो । उनले काठमाडौं ५ वा गोरखा १ बाट चुनाव लड्ने विकल्प पनि अघि सारेका थिए ।

तर, चितवन १ मा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष विश्व पौडेललाई टिकट दिइएको छ भने काठमाडौं ५ मा प्रदीप पौडेलले टिकट पाएका छन् । अब स्वर्णिमले यो पटक टिकट नपाउने पक्का भएको कांग्रेसका एक पदाधिकारीले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved