कांग्रेसका विश्व पौडेल र उमेश श्रेष्ठले चितवन १ र २ मा पाए टिकट

नेपालभ्युज

कांग्रेसका विश्व पौडेल र उमेश श्रेष्ठले चितवन १ र २ मा पाए टिकट

चितवन। चितवन क्षेत्र नं. १ मा सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका डा. विश्व पौडेल र क्षेत्र नं. २ मा उमेश श्रेष्ठले टिकट पाएका छन् ।  डा. पौडेल राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र श्रेष्ठ प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री छन् ।

क्षेत्र नं १ मा एमालेबाट सुरेन्द्र पाण्डे र २ बाट कृष्णभक्त पोखरेल उम्मेदवार रहेका छन् ।

यस्तै, चितवन क्षेत्र नं १ ‘क’ मा कांग्रेसका किरण भूषण ओलीले टिकट पाएका छन् । प्रदेश क्षेत्र ‘ख’ बाट एकीकृत समाजवादीका कृष्ण खनाल उम्मेदवार बन्ने भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved