लोसपाले पायो प्रतिनिधिसभाका ७ र प्रदेशसभाका १६ सिट

नेपालभ्युज

लोसपाले पायो प्रतिनिधिसभाका ७ र प्रदेशसभाका १६ सिट

काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रतिनिधिसभाका ७ र प्रदेशसभातर्फ १६ सिट पाउने भएको छ ।  शनिबार बिहानदेखि बालुवाटारमा भएको नेपाली कांग्रेस र लोसपाका नेताहरुबीचको छलफलमा लोसपालाई प्रतिनिधिसभाका ७  र प्रदेशसभाका १६ सिट दिने  सहमति भएको लोसपाका नेता लक्ष्मणलाल कर्णले जानकारी दिए ।

कर्णका अनुसार कुन-कुन क्षेत्र लिने भनेर अझै छलफल जारी रहेको छ । उनले भने ‘गठबन्धनमा हामीले प्रतिनिधिसभाका ७ र प्रदेशसभाका १६ सिट लिने सहमति भएको छ। हामीले रोजेर सिट लिन्छौं, बाँकी उहाँहरुले उम्मेदवार उठाउनुहुन्छ।’

गठबन्धनमा लोसपासहित कांग्रेसले प्रतिनिधिसभाका ९८ सिट पाएकोमा लोसपालाई ७ सिटमा मनाएपछि कांग्रेसको भागमा ९० सिट परेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved