कांग्रेस संस्थापनइतर पक्षले बोलायो छुट्टै भेला, ९ बजे कार्यसम्पादन समितिको बैठक बस्दै

नेपालभ्युज

कांग्रेस संस्थापनइतर पक्षले बोलायो छुट्टै भेला, ९ बजे कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं। नेपाली कांग्रेस संस्थापनइतर पक्षले आगामी आम निर्वाचनमा उम्मेद्वार बन्न ईच्छुकको नाम संकलन गर्न आज छुट्टै भेला बोलाएको छ।

संस्थापनइतर पक्षले आज दिउँसो २ बजे बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला बोलाएको हो।

नेता गुरुराज घिमिरेले जानकारी आजको भेलामा यसअघि गरिएका खबरदारी अभियानको समीक्षा गरिने जानकारी दिए। उनका अनुसार बैठकमा खबरदारीपछि सच्याएर बुझाइएको समानुपातिक उम्मेदवारको बन्दसूचीबारे समीक्षा हुनेछ।

यसका साथै प्रत्यक्षतर्फ उम्मेदवार बन्न इच्छुक र सक्षम आफ्नो समूहका व्यक्तिको नाम संकलन गरिने र उनीहरुको सूची संसदीय समिति  (बोर्ड) मा रहेका सदस्यलाई बुझाउने विषयमा छलफल हुने नेता घिमिरेले बताए।

उम्मेदवारबारे छलफल कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ। बैठक बिहान ९ बजे प्रधानमन्त्रीको निवास बालुवाटारमा बस्न लागेको हो।

सोमबार बसेको समितिको बैठक उम्मेदवार छनोटका लागि दुई वटा मापदण्ड बनाएको थियो। उम्मेदवार चयन गर्दा पार्टीको विभिन्न तहबाट विधान बमोजिम उम्मेदवारको लागि भएको सिफारिस, व्यक्तिगत योग्यता, नैतिकता, कार्य क्षमता, लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदान, सामाजिक भूमिका, पार्टीको विभिन्न तह र क्षेत्रमा गरेको योगदान, लोकप्रियता एवं आगामी दिनको संभावना समेतलाई आधार बनाएको छ।

कांग्रेसले गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा कुनै पनि पदमा उम्मेदवार भएको व्यक्तिलाई प्रतिनिधि सभा र प्रदेश सभा उम्मेदवार नबनाउने भएको छ।

असोज २३ गते उम्मेदवारी दर्ताको समय भएकाले आज र भोलि उम्मेदवार छनोट गरिसक्ने कांग्रेसको तयारी छ। सत्ता गठबन्धनमा सिट बाँडफाँट नटुंगिएकाले कांग्रेस उम्मेदवार छनोटमा अलमलम देखिएको छ।

दुई महिनादेखि लगातार गठबन्धनका दलहरू छलफलमा जुटेपनि सिट बाँडफाँट टुंगोमा पुर्‍याउन सकेका छैनन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved