शरदराज पाठकले पनि छोडे विवेकशील साझा पार्टी

नेपाल भ्युज

शरदराज पाठकले पनि छोडे विवेकशील साझा पार्टी

काठमाडौं। विवेकशील साझा पार्टीका पूर्वप्रवक्ता तथा कार्यसम्पादन समिति सदस्य शरदराज पाठकले राजीनामा दिएका छन्।

पाठकले सोमबार पार्टी अध्यक्षसमक्ष राजीनामा पत्र बुझाएका हुन्। पार्टीबाट अलग भएपनि आफू राजनीतिक मैदानमै रहने उनले जानकारी दिए।

‘विवेकशील साझाबाट अलग भएतापनि विगत ५ वर्षमा हामीले प्रमुखताका साथ उठाएका अर्थ राजनीतिक तथा राजनीतिक सामाजिक एजेण्डा प्रवर्द्धन र स्थापित गर्न म आगामी दिनमा पनि सक्रिय राजनीतिक मैदानमै रहने कुरा यस पार्टीका सम्पूर्ण आदरणीय सहकर्मी, पूर्व सहकर्मी एवम् मेरा शुभेच्छुक/शुभचिन्तकहरूलाई जानकारी गराउँछु,’ उनले भनेका छन्।

विवेकशील साझा पार्टीबाट २०७४को प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नं. ३ बाट उम्मेदवार रहेका थिए। पूर्व अध्यक्ष रवीन्द्र मिश्रले पार्टी छोडेर राप्रपामा प्रवेश गरेपछि विवेकशील साझाका नेताहरू दिनहुँ पार्टी छोड्ने गरिरहेका छन्।

यो पनि पढ्नुहोस्

गण्डकी र लुम्बिनीका संयोजकसहित विवेकशील साझाका ३५ जना सदस्यले दिए सामूहिक राजीनामा

नेता निर्देश सिलवालले छाडे विवेकशील साझा पार्टी

रवीन्द्र मिश्रले छाडे विवेकशील साझा

प्रदेश सांसद श्रेष्ठसहित ७ केन्द्रीय सदस्यले छाडे विवेकशील साझा

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved