हिम पहिरोमा परी एकजनाको मृत्यु

नेपालभ्युज

हिम पहिरोमा परी एकजनाको मृत्यु
प्रतिकात्मक तस्वीर

गोरखा। मनास्लु हिमालको आधार शिविरमा आज पुनः हिमपहिरा जाँदा एकजनाको मृत्यु भएको छ।

आज बिहान दोस्रो र तेस्रो आधार शिविरमा गएको हिमपहिरामा परी ताप्लेजुङका ३५ वर्षीय दावा छिरिङ शेर्पाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक केदार खनालका अनुसार हिमपहिरामा परेका चारमध्ये तीनजना तत्काल नै सम्पर्कमा आएका थिए। पहिरामा परेका शेर्पा भने सम्पर्कविहीन भएपछि खोजी सुरु गरिएको थियो।

घटनालगत्तै बेपत्ता शेर्पाको खोजी गर्ने क्रममा उनी मृता भेटिएका थिए। शेर्पाको शव सिम्रिक एयरको हेलिकप्टरमार्फत उद्धार गरी आधार शिविरबाट सामागाउँमा ल्याएर मुचुल्का उठाई परीक्षणका लागि काठमाडौं पठाइएको एसपी खनालले जानकारी दिए।

शव परीक्षणपछि आफन्तलाई बुझाइने गोरखा प्रहरीले जनाएको छ। आइतबार बिहान पनि दोस्रो आधार शिविरमा हिमपहिरा गएको थियो।

यसअघि गएको सोमबार पनि मनास्लु हिमालको तेस्रो आधार शिविरमा हिमपहिरो जाँदा सङ्खुवासभाका अनुप राई र विश्व विख्यात अमेरिकी स्की आरोही हिलारी नेल्सनको स्की गर्ने क्रममा मृत्यु भएको थियो। उक्त हिम पहिरोमा परी १३ जना घाइते भएका थिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved