समाजवादी अध्यक्ष भट्टराईकाे चुनावमा नउठ्ने घोषणा, यसअघि जिताएकोमा आभार व्यक्त

नेपालभ्युज

समाजवादी अध्यक्ष भट्टराईकाे चुनावमा नउठ्ने घोषणा, यसअघि जिताएकोमा आभार व्यक्त
फाइल तस्वीर

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले यसपटकको निर्वाचनमा उम्मेद्वार नबन्ने घोषणा गरेका छन् ।

भट्टराईले गोरखालाई सम्बोधन गर्दै सामाजिक संजाल फेसबुकमा आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका हुन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले गोरखा– २ बाट उम्मेदवार नबन्ने घोषणा गरेका हुन् ।

यसअघिका २०६४, ७० र ७४ मा गोरखा २ बाट विजयी भएका भट्टराईले यसपटक आफु उम्मेद्वार नबन्ने भन्दै गोरखाबासीलाई यसअघि जिताएकोमा आभार व्यक्त गरेका छन् ।

उनले आफ्नो कार्यकालमा गोरखाको दूरगामी विकास र समृद्धिका लागि आधारभूत भौतिक तथा सामाजिक पूर्वाधारहरू बनाएको दाबी समेत गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved