पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानविरुद्ध पक्राउ पूर्जी

नेपालभ्युज

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानविरुद्ध पक्राउ पूर्जी

लाहोर। पाकिस्तानको एक अदालतले पूर्व प्रधानमन्त्री इमरान खानविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । गत अगस्टमा एक सार्वजनिक सभामा महिला न्यायाधीशलाई धम्की दिएको आरोपमा खानविरुद्ध पक्राउ पुर्जी जारी भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

खानलाई सुरुमा देशको आतंकवाद विरोधी कानून अन्तर्गत मुद्दा लगाइएको थियो। तर इस्लामाबाद उच्च अदालतले पछि मुद्दामा आतंकवाद सम्बन्धी धाराहरू खारेज गर्ने आदेश दिएको थियो । उच्च अदालतले क्रिकेटरबाट राजनीतिज्ञ बनेका खानलाई मजिस्ट्रेट समक्ष उपस्थित हुन आदेश पनि दिएको थियो तर उनि उपस्थित भएनन् ।

पूर्व प्रधानमन्त्रीलाई गिरफ्तार गर्ने वा नगर्ने भन्ने बारे सरकारको तर्फबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन । इस्लामाबाद पुलिसले पनि अहिलेसम्म त्यस्तो कुनै आदेश प्राप्त नगरेको जनाएको छ ।

अगस्ट २० मा भएको एक र्‍यालीमा आफ्नो भाषणमा खानले इस्लामावादका प्रहरी प्रमुखका साथै एक न्यायिक अधिकारी विरुद्ध कानुनी कारबाही गर्ने धम्की दिएका थिए

खानले इस्लामावाद उच्च अदालतमा महिला न्यायाधीशलाई धम्की दिएकोमा अदालतको अवहेलनाको सुनुवाइ पनि सामना गरिरहेका छन्। अप्रिलमा अविश्वासको मतमार्फत सत्ताबाट हटाएपछि खानले सरकार विरोधी र्‍याली गरिरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved