महोत्तरीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

नेपालभ्युज

महोत्तरीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

जनकपुरधाम। आगामी मंसिर ४ मा हुने आम निर्वाचनका लागि महोत्तरीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि कार्यालय स्थापना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। जिल्ला समन्वय समिति महोत्तरीको भवनमा आइतबार मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनले कार्यालय स्थापना गरेका हुन्।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी दिपक पहाडी, क्षेत्र नं १ का निर्वाचन अधिकृत गुणराज श्रेष्ठ, क्षेत्र नं २ का निर्वाचन अधिकृत अरुण झा, जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कृष्ण पंगेनी, उपअनुसन्धान अधिकृत अभिनयकुमार सिंहिल्ला लगायतको उपस्थितिमा कार्यालय संचालनमा आएको निर्वाचन कार्यालय महोत्तरीका प्रमुख सुबोधकुमार महतोले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved