भोलिदेखि एक हप्तासम्म देशभर ठूलो पानी पर्ने सम्भावना

भोलि मङ्गलबार मध्य क्षेत्रमा फैलिने र पर्सि पश्चिमी क्षेत्रमा फैलिने सम्भावना रहेकाले देशका धेरै ठाउँमा भोलिदेखि वर्षा हुने मौसमविद्ले बताएका छन् । भोलिदेखि एक हप्तासम्म नै पानी पर्ने सम्भावना रहेकाले यो अवधिमा सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।

नेपालभ्युज

भोलिदेखि एक हप्तासम्म देशभर ठूलो पानी पर्ने सम्भावना
सांकेतिक तश्वीर

काठमाडौं। काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा विहानैदेखि घाम चर्केको छ। बेलुकीपख भने हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिइन।

उनका अनुसार भोलिदेखि भने देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ। भोलि वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ। सोमबार बेलुकादेखि नै बङ्गालको खाडीमा विकसित न्यून चापीय क्षेत्रको असर देखिन थाल्ने उनले बताइन्।

यो प्रणाली पूर्वी क्षेत्र हुँदै भोलि मङ्गलबार मध्य क्षेत्रमा फैलिने र पर्सि पश्चिमी क्षेत्रमा फैलिने सम्भावना रहेकाले देशका धेरै ठाउँमा भोलिदेखि वर्षा हुने मौसमविद्ले बताएका छन्। भोलिदेखि एक हप्तासम्म नै पानी पर्ने सम्भावना रहेकाले यो अवधिमा सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved