पाकिस्तानसँगको ७ खेलको टी-२० क्रिकेट शृङ्खला इंग्ल्यान्डले जित्यो

नेपालभ्युज

पाकिस्तानसँगको ७ खेलको टी-२० क्रिकेट शृङ्खला इंग्ल्यान्डले जित्यो

काठमाडौं। पाकिस्तानसँगको ७ खेलको टी-२० क्रिकेट शृङ्खल पाहुना टोली इंग्ल्यान्डले जितेको छ ।

लाहोरमा आइतबार राति अन्तिम तथा निर्णायक खेलमा पाकिस्तानलाई ६७ रनले हराउँदै इंग्ल्यान्डले ४-३ ले शृङ्खला जितेको हो ।  इंग्ल्यान्डले दिएको २ सय १० रनको लक्ष्य पछ्याएको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४२ रन मात्र बनाउन सक्यो ।

पाकिस्तानका लागि शान मासुदले ५६ रनको अर्धशतकीय इनिङ खेले । खुशदिल शाहले ३७ तथा इफ्तिखर अहमेदले १९ रन बनाए । बलिङतर्फ इंग्ल्यान्डका क्रिस वोक्सले ३ तथा डेविड विलिले २ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ३ विकेट गुमाएर २ सय ९ रन बनाएको थियो । इंग्ल्यान्डका लागि डेविड मालनले नटआउट ७८ रन  बनाए । यस्तै ह्यारी ब्रुकले ४६, बेन डुकेटले ३० तथा फिल साल्टले २० रन बनाए ।

पाकिस्तानले १७ वर्षपछि इंग्ल्याण्डलाई घरेलू मैदानमा स्वागत गर्न पाएको हो । २००५ पछि आतंकवादी हमलालाई कारण देखाउँदै इंग्ल्याण्डले पाकिस्तानको भ्रमण गरेको थिएन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved